भागोप्रमो श्रमिक सङ्गठनको खरसाघङ महकुमा समिति टोलीको भविष्यनिधी आयुक्तसित भेट

Share this news

खरसाङ, 3 जनवरी(निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा श्रमिक संगठन हिल तराई डुवर्स प्लानटेशन वर्कस युनियन, खरसाङ महकुमा समितिको एक टोलीले कर्मचारी भविष्य निधि संगठन क्षेत्रिय कार्यालय सिलगढ़ीमा क्षेत्रिय भविष्य निधि आयुक्त अधिकारी शैलेन्द्र नारायण झासँग औपचारिक भेटघाट गरेर चिया बगान श्रमिकहरुको भविष्य निधि कोषमा धेरै समस्याहरू भएको अवगत गराउँदै यसको शीघ्र समाधान गरिदिने आग्रह गरेका छन्‌‍।

पहाड़का एनसिएलटीभित्र परेका बन्द अनि सञ्चालित बगानहरू भविष्य निधि (पिएफ) कोषमा धेरै समस्याहरू देखिएको हुनाले उक्त समस्यालाई समाधान हेतु प्रत्येक बगानमा शिविर राखने टोलीको मांगलाई अधिकारीले स्वीकार गरे साथै सकारात्मक आश्वासन दिएका छन्‌‍। आगामी दिनमा शिविरको आयोजना गरेर श्रमिकहरूको समस्याको समाधान गर्ने जानकारी सभापति सागर गुरुङ सचिव भक्तिमान तामाङले दिएका छन्‌‍। यस भेटघाट टोलीमा सङ्गठनको महकुमा समिति सभापति सागर गुरूङ, महासचिव भक्तिमान तामाङ, कार्यकारी सचिव बसन्त कुलुङ राई, उपसभापति किसान लेप्चा, सहसचिव गनु छेत्री, केन्द्रिय समिति सदस्य राजेश थापाको विशेष उपस्थिति रहेको थियो भनी बसन्त कुलुङ राईले खरसाङ्मा यस सम्वाददातालाई बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ