भूकम्पको हल्का झड्कापछि बद्लियो मौसम, बढ्यो चिसो

Share this news

आज बिहानदेखि पश्चिम सिक्किमसहित भारत–नेपाल सीमावर्ती क्षेत्रमा अचानक मौसम परिवर्तन देखिएको छ। केही समयदेखि खुला र सुख्खा मौसम रहँदै आएको अवस्थामा आज बिहान अचानक छिटफुट वर्षा भएसँगै जाडो उल्लेख्य रूपमा बढेको छ भने उच्च हिमाली भेगहरूमा हिमपात सुरु हुने सम्भावना देखिएको छ।

mild earthquake tremor, the weather changed and the cold increased

विशेषगरी भारत–नेपाल सीमा क्षेत्रअन्तर्गत पर्ने सिङ्घलिला, चिउवाभञ्ज्याङ, फोक्टे, काली झार, तोरिफुले, पाडेमेगु लगायतका उच्च भूभागहरूमा व्यापक तुसारो पर्दै हिमपात सुरु भएको स्थानीय स्रोतले जनाएको छ। चिसो हावा चलेसँगै तापक्रममा समेत उल्लेखनीय गिरावट आएको छ।
स्थानीयवासीका अनुसार हिजोसम्म मौसम पूर्ण रूपमा खुला रहे पनि आज बिहान करिब ५ बजे भूकम्पको हल्का झड्का महसुस भएपछि केही समयमै मौसममा एकाएक परिवर्तन आएको थियो। त्यसपछि पश्चिम सिक्किमका केही स्थानहरूमा सिमसिमे पानी परेको थियो भने उच्च भूभागतर्फ मौसम झन् चिसिँदै गएको जनाइएको छ।
मौसम परिवर्तनसँगै हिमाली क्षेत्रका बासिन्दाले चिसो बढेको अनुभव गरिरहेका छन् भने आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। विशेषगरी उच्च भेगमा यात्रा गर्ने सर्वसाधारण तथा आवस्यक साधन प्रयोगकर्तालाई सतर्क रहन सुझाव दिइएको छ।
यसैबीच, हिमपात सुरु भएसँगै पश्चिम सिक्किमका उच्च हिमाली क्षेत्रहरूमा पर्यटकहरूको आकर्षण बढ्ने अपेक्षा गरिएको छ। सिङालिला क्षेत्र, चिउवाभञ्ज्याङ तथा फोक्टे आसपासका भूभागहरू हिमपातपछि अत्यन्तै मनमोहक देखिन्छन् , जसले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने विश्वास गरिएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार नयाँ वर्षको सुरुवातसँगै परेको हिमपातले यस क्षेत्रमा पर्यटन गतिविधि थप चलायमान बनाउने सम्भावना रहेको छ। हिमपात अवलोकन, प्राकृतिक सौन्दर्य र शीतकालीन पर्यटनको अनुभव लिन चाहने पर्यटकहरूका लागि यो समय अनुकूल मानिएको छ।
तर, मौसमको अस्थिरता तथा चिसोको बढ्दो प्रभावलाई मध्यनजर गर्दै पर्यटकहरूलाई आवश्यक तयारीसहित यात्रा गर्न, स्थानीय सूचना र मौसम पूर्वानुमानको ख्याल गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।
–केएन शर्मा।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ