भेनेजुएलाको राजधानी काराकसको पश्चिममा फोर्ट ट्यूना र ला कार्लोटा सैनिक अड्डामा बम विष्फोट भएको छ। हिगुएरोटे एयरपोर्टमा पनि विष्फोटका आवाज सुनिएका छन्। जानकारी अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकोलस मादुरोलाई सत्ताबाट हटाउन झन् झन् भेनेजुएलामा ग्राउन्ड अपरेशनको धम्की दिएका थिए।
भेनेजुएलाको सरकारले अमेरिकामाथि आफ्ना नागरिक र सैन्य प्रतिष्ठानमाथि आक्रमण गरेको आरोप लगाएको छ। निकोलस मादुरोको सरकारले अमेरिकी आक्रमणलाई सैन्य आक्रमण भन्दै यसको निन्दा गरेको छ। काराकससहित मिरान्डा, अर्कुवा र ला गुइरा राज्यहरूमा बम विष्फोट भएका छन्। मादुरो सरकारले भनेको छ कि भेनेजुएलालाई डर देखाउने र धम्क्याउने अमेरिकी प्रयास सफल हुने छैन। राष्ट्रपति निकोलस मादुरोले देशमा राष्ट्रिय आपतकाल घोषणा गरेका छन्। साथै, उनले देशका सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई यस साम्राज्यवादी आक्रमणको विरुद्ध एकजुट भएर लड्न अपिल गरेका छन्।












