चिया उत्पादक कृषकहरूलाई उपकरण वितरण

Share this news

खरसाङ, (निसं): वाणिज्य एवं उद्योग मन्त्रालय भारत सरकार अधीनस्थ रहेको टी बोर्ड इण्डियाद्वारा टी डेभलपमेन्ट एण्ड प्रमोसन स्किम 2025-2026 अन्तर्गत खरसाङ्को सिटोङ 1 मा रहेको सिटोङ अर्ग्यानिक स्मल टी ग्रोवर्स वेलफेयर सोसाइटी संस्थालाई दार्दीलिङ क्षेत्रीय टी डेभलपमेन्ट अधिकारी फुरी शेर्पाले चिया कृषिमा प्रयोग गरिने आवश्यक उपकरण अनि सामानहरू उपलब्ध गराएका छन्‌‍। यसमा टी हार्भेस्टर, पर्निङ मशीन, पावर स्प्रे, ब्रस कटर, वेजिङ स्केल, प्लास्टिक क्रेट आदि उपकरणहरु रहेका छन्‌‍।

लगभग 1.5 लाख रुपियाँ मूल्यको उपकरणहरु यस योजना अन्तर्गत सिटोङ्का साना चिया उत्पादक संस्थालाई उपलब्ध गराए वापत सिटोङ अर्ग्यानिक स्मल टी ग्रोवर्स वेलफेयर सोसाइटीका सभापति विश्वास लामा अनि सचिव विकास राईले संस्थाको तर्फबाट उक्त सरकारी विभाग एवं डेभलपमेन्ट अधिकारी फुरी शेर्पाप्रति कृतज्ञता प्रकट गरेका छन्‌‍। चिया कृृषिमा लागिपरेका साना चिया उत्पादक कृषकहरुलाई सरकारी योजना अनुरुप सरकारी सहुलियत र सुविधाहरु निरन्तर रूपमा उपलब्ध गराइने गरेको शेर्पाले बताए।

यी सहुलियत र सुविधाहरुको लाभ प्राप्त गर्नका निम्ति कृृषकहरुले टी बोर्ड इण्डियामा आधिकारिक रूपमा आफ्नो नाम र कृषिको सरकारी पञ्जीकरण गराएको हुनु पर्नेछ भनी शेर्पाले बताउदै चिया कृषिमा संलग्न रहेका कृषकहरुलाई सरकारी प्रक्रिया अनुरुप आधिकारिकरूपमा आफ्नो नाम र कृषिलाई टी बोर्ड इण्डियामा पञ्जीकरण गराउने थप सुझाव पनि तिनले दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ