राजाहट्टा एक्सप्लोर ग्रुपद्वारा पर्यटकीय स्थलमा प्लास्टिक र फोहो सङ्कलन

Share this news

सोनादा,  (निसं); राजाहट्टा एक्सप्लोर ग्रुपका सदस्यहरुले नयाँ वर्षको पहिलो दिन प्रकृतिलाई दिएका छन्‌‍। यस क्रममा राजाहट्टा एक्सप्लोर ग्रुपका सदस्यहरुद्वारा पर्यटकीय स्थलहरूमा प्लास्टिक र मैलाहरु संकलन गरिएको छ। यस ग्रुपका सदस्यहरुले राजाहट्टादेखि पश्चिम पारमेन चेकपोस्ट हुँदै चटकपुर, तीनमाइल र सोनादा छुटिने तीनबाटो भएको स्थल तथा लालखुट्टीसम्म प्लास्टिक मैला संकलन गरेका छन्‌‍।

ग्रुपका सभापति विशाल राईले बताए अनुसार गत 21 दिसम्बर आयोजित डोको ट्रेल रनको प्रारम्भिक रुटमध्ये यही इलाका एक हो जुन सिञ्चेल वन्यजीव अभयारण्यमा पर्ने गर्छ, वन्यजीव इलाकाको सफाईसँगै पहिलो जनवरीमा पर्यटकहरूसँगै स्थानीयहरु घुम्न अनि बनभोज खेल्न चटकपुर जाने गर्छन्‌‍। विशेषगरी पश्चिम पटरमेन फरेष्ट चेकपोस्टदेखि लालखुट्टीसम्मको जंगल क्षेत्रभित्र आगो लाग्ने घटनाहरू हुनसक्ने तथा मानिसहरूले फोहोर मैला गर्नसक्ने सम्भावनालाई ध्यानमा राखेर वन विभागकै अपिलमा राजाहट्टालाई प्रतिनिधित्व गर्दै राजाहट्टा एक्सप्लोर ग्रुपका सदस्यहरु स्वंयसेवीको रुपमा खटिएका थिए।

सभापति राईले भने, मौजमस्ती जहिले पनि गर्न सकिन्छ। तर वर्षको पहिलो दिन मनोरञ्जनमै मात्र नबिताएर यो दिनलाई विशेष काममा लाउन सके समाजको कल्याण गर्न सकिन्छ। एक्सप्लोर ग्रुपले स्थापनादेखि नै सरसफाइ र फोहोर प्रबन्धनमाथि कार्य गरिरहेको छ। यही क्रमलाई अघि बड़ाउदै यस दिन प्रकृतिलाई नै दिएको तथा वन विभागसित सहकार्य गर्ने अवसर मिलेको बताए।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ