Open football competition started at Mile Pandhrasere playground
Open football competition started at Mile Pandhrasere playground

माइल पन्ध्रसेरे खेल मैदानमा खुल्ला फूटबल प्रतियोगिता शुरू

Share this news

माइल पन्ध्रसेरे खेल मैदानमा खुल्ला फूटबल प्रतियोगिता शुरू भएकाे छ। जसकाे भब्य उद्धघाटन रङ्गारङ्ग कार्यक्रमकाे साथमा गरियाे। आयाेजक समितिका अध्यक्ष जनक खडकाकाे अध्यक्षता अनि ओकेटी चियाकमानका मूल प्रबन्धक पंकज चाैबेकाे मुख्य आथित्यमा सम्पन्न उद्धघाटन कार्यक्रममा अतिथिहरू चियाकमानका भीए सुधन गुरूङ, जेष्ठ नागरिकहरू एसके राई, राजु राई, आरबी बम्जन, मिरिक पन्चायत समितिका सदस्यहरू रजिना घले गुरूङ, समीर राई, आशिषता राई, जीटीएका जनसम्पर्क अधिकारी विवेक गाेले, ग्राम सदस्य सुजता राई, सपन भण्डारी आदि उपस्थित थिए। श्रीमती अम्बिका थापाले संचालन गरेकाे उद्धघाटन समाराेहमा भाेइस अफ नेपाल किटर्सका प्रतियाेगी मिनछामा राई, अम्मुइनी हास्य टेली श्रृङखलाका कलाकार आहाना गुरूङ लगायत स्थानीय कलाकारहरूले गीत अनि नृत्य प्रस्तुत गरे। प्रतियोगिताको पहिलाे खेल नेपाल फिक्कल फूटबल दल बनाम हाेक्से युथ क्लब, झापामाझ राेमान्चक भयाे। जसमा शुन्यकाे विरूद्ध पाँच गाेल गरि नेेपाल बुधबार फूटबल दल बिजय बनेर अघिल्लो चरणमा प्रवेश गरेकाे छ। भारत अनि नेपालका नामी दामी माेठ तीसवटा फूटबल दलले भाग लिएकाे उक्त प्रतियोगितामा विजय बन्ने दललाई आकर्षक ट्रफीकाे साथमा दुई लाख रूपियाँ अनि पराजित दललाई आकर्षक ट्रफीकाे साथमा एक लाख रूपियाँ पुरस्कार प्रदान गरिने आयाेजक समितिका अध्यक्ष जनक खड्का, सचिव साेबन तामाङ, सह सचिव संगीत थापा अनि उपाध्यक्ष याेगेस गाेलेले बताए। आयाेजकहरूले उद्धघाटनी खेल फिक्कल फूटबल दल बनाम हाेक्से युथ क्लब, झापा माझ राेमान्चक भएकाे जानकारी गराँउदै प्रत्येक दिन नै खेल सम्पन्न हुने जसलाई हेर्नकाे लागि बीस रूपियाँकाे दैनिक टिकट लाग्ने बताए। युवा वर्गलाई ड्रग्स जस्ताे हानिकारक पदार्थबाट जाेगाएर उचित मार्ग निर्देशन गरि असल समाजकाे निर्माण गर्न साथै फूटबल खेलाडीहरूलाई प्राेत्सहान प्रदान गर्न उक्त प्रतियोगिताको आयाेजना गरिएकाे आयाेजकहरूले बताए। आयाेजकहरूले सम्पूर्ण फूटबल प्रेमीहरूलाई खेल मैदानमा आएर खेलकाे मनाेरन्जन लिइदिने अनुराेध गर्दै सबैकाे साथ र सहयाेगले नै प्रतियोगिता सफल बन्ने बताए।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ