Strong objection to the name “Gorkha Rashtriya Mukti Morcha
Strong objection to the name “Gorkha Rashtriya Mukti Morcha

“गोरखा राष्ट्रिय मुक्ति मोर्चा (सुवासवादी)” नामप्रति कडा आपत्ति

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खर्साङ ब्राञ्च कमिटीका प्रचार–प्रसार सचिव भुपेन गुरुङले आफ्नो एक प्रेस विज्ञप्ति जारी गर्दै, केही दिनअघि खोलिएको नयाँ राजनीतिक दल “गोरखा राष्ट्रिय मुक्ति मोर्चा (सुवासवादी)” नामप्रति कडा आपत्ति जनाएका छन्।भुपेन गुरुङले उक्त दलमाथि तीब्र विरोध जनाउँदै प्रश्न गरेका छन्,“२००७ सालमा पार्टीमाथि बज्रपात पर्दा पार्टी छोडेर जानेहरू र २०११ सालमा आफ्नो स्वार्थ बचाउन टीएमसीको झण्डा समात्नेहरू कसरी सुवासवादी हुन सक्छन् ?” उनले स्पष्ट शब्दमा भनेका छन् ,“हामी १९८६ मा पनि थियौं, २००७ मा पनि थियौं र आज पनि निरन्तर जाति र माटोको उन्मुक्तिका लागि संघर्षरत छौं। पार्टी अध्यक्ष मन घिसिङको हात बलियो बनाउन निरन्तर लागिरहेका छौं। हामी नै खाँटी सुवासवादी हौं। पार्टीलाई गाह्रो पर्दा छोडेर जानेहरू कसरी सुवासवादी भए ?”
भुपेन गुरुङले थप प्रश्न गर्दै भने, “जुन बेला पार्टी सत्तामा थियो, त्यतिबेला तिमीहरू कुर्सीमा थियौ। त्यो समय पार्टीका संस्थापक अध्यक्ष सुवास घिसिङले जे भने पनि राज्य सरकार र केन्द्र सरकारले सुन्थ्यो र मान्थ्यो। अहिलेको राजनीतिक परिस्थिति त्यस्तो छैन। तर पनि अध्यक्ष मन घिसिङको कुशल राजनीतिक नेतृत्व र दूरदर्शिताका कारण भारत सरकारले गोर्खाहरूको समस्या सुनेको छ र वार्ता बसेको छ। भविष्यमा वार्ता बस्छ भने त्यो गोरामुमो र अध्यक्ष मन घिसिङसँग नै बस्छ।”२००७ सालमा छैटौं अनुसूचीको विरोध गर्नेहरू आज दलमा सामेल भएकाहरू कसरी सुवासवादी भए ? भनी उनले गम्भीर प्रश्न उठाएका छन्।
भुपेन गुरुङले गोरामुमोको ऐतिहासिक पृष्ठभूमि स्मरण गराउँदै भने, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा १९८० सालमा संस्थापक अध्यक्ष सुवास घिसिङद्वारा स्थापना गरिएको हो। गोर्खाहरूको हक र अधिकारको निम्ति १९८६ मा ऐतिहासिक आन्दोलन गरिएको थियो, जसको परिणामस्वरूप १९८८ सालमा राज्य सरकार, भारत सरकार र सुवास घिसिङबीच गोर्खा एकर्ड भएको थियो। सोही एकर्डमार्फत गोर्खाहरूले किपट र नागरिकताको अधिकार हासिल गरेका हुन्। त्यस समयमा गोरामुमो भारतको निर्वाचन आयोगमा दर्ता भएको थिएन।उनले नयाँ दललाई लक्षित गर्दै भने ,“यदि त्यसैलाई आधार मान्ने हो भने, तपाईंहरूले खोलेको दल पनि अहिलेसम्म निर्वाचन आयोगमा दर्ता भएको छैन। त्यसैले पहिले आफ्नो दल दर्ता गर्नुहोस्।” गुरुङले स्पष्ट पारे कि,“गोरामुमो डिलिस्टिङ भएको छैन। चुनाव नलडेको कारण निर्वाचन आयोगले केवल नोटिस मात्र पठाएको हो। यस विषयमा पनि पार्टी अध्यक्ष मन घिसिङले दिल्लीमा निर्वाचन आयोगसमक्ष आवश्यक प्रक्रिया अघि बढाइसक्नु भएको छ।” अन्त्यमा, उनले गोरामुमोप्रति जनताको विश्वास अझै मजबुत रहेको उल्लेख गर्दै, सुवास घिसिङको विचार, सिद्धान्त र संघर्षको विरासत बोकेको एकमात्र राजनीतिक शक्ति गोर्खा राष्ट्रिय मुक्ति मोर्चा नै हो भन्ने कुरा पुनः स्पष्ट पारेका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ