Garibas Literary Forum inaugurates M. M. Gurung's birth centenary program
Garibas Literary Forum inaugurates M. M. Gurung's birth centenary program

गैरीबास साहित्य मञ्चद्वारा एम. एम. गुरूङको जन्म शतवार्षिकी कार्यक्रमको उद्घाटन सम्पन्न

Share this news

गैरीबास साहित्य मञ्चद्वारा एम. एम. गुरूङको जन्म शतवार्षिकी कार्यक्रमको उद्घाटन सम्पन्न : स्व. आर. बी. छेत्री स्मृति सिर्जनशील पुरस्कारले वरिष्ठ सर्जक कालुसिंह रनपहेंलीलाई अलङ्कृत गरियो

जलढका: (दिवाकर जलढके); गैरीबास साहित्य मञ्चले आज एक भव्य कार्यक्रमको आयोजना गर्दै वरिष्ठ लोक साहित्यकार एम.एम. गुरूङको जन्म शतवार्षिकी पालनको शुभारम्भ गरेको छ। स्व. आर. बी. छेत्रीको तस्वीर अनि लोक साहित्यका अभियन्ता एम.एम. गुरूङको प्रतिमामा दीप प्रज्जवलन गरिसकेपछि गैरीबास साहित्य मञ्चका संरक्षक पदम सुवेदीको स्वागत सम्बोधनसित आरम्भ भएको आजको कार्यक्रमको अध्यक्षता कुलैनबारी स्रष्टा मञ्चका सभापति कवि/ समालोचक जय क्याक्टसले गरेका थिए भने प्रमुख अतिथिको रूपमा ४५ नम्बर समष्टि सभासद लाक्पा नाम्गे भोटिया उपस्थित थिए।

वरिष्ठ साहित्यकार डा. मोहन पी. दाहाल, कवि मोहन ठकुरी, कवि ज्ञानेन्द्र खतिवडा, व्यवस्थापक डा. विश्वजीत चक्रवर्ती, कर्माध्यक्ष देवराज सुब्बा, उपप्रधान शेखर राई, पुरस्कार दाता पेणुकुमारी गुरूङ लगायत शब्द समय सालबारीका वरिष्ठ सदस्यहरू विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।कुलैनबारी स्रष्टा मञ्चले हरेक वर्ष गिरी जयन्तीको दिन प्रदान गर्दै आएको स्व. आर. बी. छेत्री स्मृति सिर्जना पुरस्कार आज वरिष्ठ साहित्यकार युग्मक अनि परावर्तन कथाका प्रणेता कालुसिंह रनपहेँलीलाई अर्पण गरियो भने कुलैनबारीकै स्रष्टाहरूमा केन्द्रित यो पुरस्कारमा नगद राशि, स्मृति चिह्न अनि अङ्गवस्त्र समावेश रहेको छ।

सर्जक कालुसिंह रनपहेँलीलाटपञ्चर निवासी भए पनि हाल सालबारीमा बस्दै आएका छन्। उनी वरिष्ठ आख्यानकार, कवि, नाटककार तथा आकाशवाणी खर्साङ अनि गान्तोकका कार्यक्रम निष्पादक हुन्। कथा कुटीर, यथार्थबोध, प्रश्नचिह्न, च्यातिएका पृष्ठ, जस्ता कथाकृतिका सर्जक, युग्मकका प्रणेता। मूल्यन-अवमूल्यन, बाँच्नुको क्रम, फेरि अर्को मेघदूत, समयको गलबन्दी जस्ता काव्यकृति अनि आँधी-हुरी-बतासहरूमा गीत सङ्ग्रहका सर्जक हुन्। उनी विविध पुरस्कारले सम्मानित प्रतिभा हुन्।

गैरीबासमा रहँदा उनले स्पर्श जस्तो स्तरीय साहित्यिक पत्रिका सम्पादन गरी प्रकाशित गरेका थिए। ८० को दसकमा स्रष्टा अभिनन्दन समारोह जस्तो भव्य साहित्यिक कार्यक्रम गरेर यो भेकमा साहित्यको बिजन छर्ने काम गरेका थिए। आज पुरस्कार ग्रहण गरेपछि छोटो सम्बोधनमा उनले कुलैनबारीसितको आत्मीयता अनि अन्तरङ सम्बन्धबारे प्रकाश पार्दै यो पुरस्कारले आफूलाई थप उर्जा मिलेको बताए।
आजको कार्यक्रममा गैरीबास उ. मा. विद्यालयका पूर्व विद्यार्थीहरू जसले उच्च शिक्षार्जन गररका छन् क्रमैले डा. सञ्जोक छेत्री, डा. सुनिला गुरूङ अनि डा. मौसम शर्मालाई अनि बद्रीनारायण पुरस्कार २०२६ ले सम्मानित हुनुहुने सर्जक ज्ञानेन्द्र खतिवडालाई सम्मान अनि सम्बर्द्धना जनाइयो।

आजको कार्यक्रममा कविहरू सोनू स्याङ्बो, नगेन्द्र भावुक, मनोज बोगटी, भीम सुवेदी, महेन्द्र मोक्तानले कविता वाचन गरे भने विशिष्ट अतिथि डा. विश्वजीत चक्रवर्ती, मोहन पी. दाहाल, मुख्य अतिथि लाक्पा नाम्गे भोटिया अनि कार्यक्रम अध्यक्ष जय क्याक्टसले आ-आफ्ना सम्बोधन राखे। गैरीबास केन्द्रीत एउटा गीत कवि/गीतकार उज्ज्वल बमजनको शब्द /सङ्गीत अनि गौरी राईको स्वरमा रहेकोलाई पनि आज लोकार्पण गरियो। जसलाई गायिकाले गाएर पनि सुनाइन्।

सम्पूर्ण कार्यक्रम वरिष्ठ उद्घोषक कमल रेग्मी अनि मञ्चका सचिव सेवक राईले सञ्चालन गरेका थिए भने धन्यवाद ज्ञापन मञ्चका सभापति रबिन गुरुङले राखेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ