भौतिक एवं आध्यात्मिक समन्वयसँगै सद्भावनाको सन्देश दिँदै सिलगढीमा दुई दिवसीय विराट सद्भावना सम्मेलनको समापन

Share this news

सिलगढी,१ जनवरी-मानव उत्थान सेवा समिति, उत्तर–पूर्वाञ्चल क्षेत्रको आयोजनामा सम्पन्न दुई दिवसीय विराट सद्भावना सम्मेलनको भव्य समापन आज बिहीबार उत्तर पलास मजुवा गाउँ, सालुगढा, सिलगढीमा अत्यन्त अनुशासित, गरिमामय तथा आध्यात्मिक वातावरणमा सम्पन्न भयो। सम्मेलनको औपचारिक उद्घाटन हिँज बुधबारको दिन परम पूज्य सदगुरुदेव श्री सतपालजी महाराज र सिक्किमका सम्माननीय मुख्यमन्त्री पीएस गोलेको करकमलबाट दिप प्रजलन भई सम्पन्न भएको थियो भने आज समापन समारोहलाई सम्बोधन गर्दै परम पूज्य सद्गुरुदेव श्री सतपाल जी महाराजले वर्तमान समयमा सद्भावनाको अत्यन्त आवश्यकता रहेको बताए।

उहाँले भन्नुभयो— जब सद्भावना हाम्रो अन्तःकरणमा स्थापित हुन्छ, तब मात्र गाउँ, नगर र राष्ट्रमा यसको विस्तार सम्भव हुन्छ। सद्भावना नै त्यो सशक्त शृङ्खला हो, जसले सम्पूर्ण मानवतालाई एउटै सूत्रमा बाँध्छ र मानव समाजलाई सुदृढ बनाउँछ।

श्री महाराजजीले विज्ञान र प्रविधिको विकाससँगै सद्भावनाको संवर्द्धन अनिवार्य भएको उल्लेख गर्दै भन्नुभयो कि केवल भौतिक प्रगतिले मात्र समाज सन्तुलित रहन सक्दैन, जबसम्म त्यसमा मानवीय, नैतिक तथा आध्यात्मिक मूल्यहरूको समावेश हुँदैन।
लोकतन्त्रबारे आफ्नो विचार व्यक्त गर्दै उहाँले भन्नुभयो— जहाँ निर्वाचन हुन्छ, त्यहाँ लोकतन्त्रको संरक्षण अत्यन्त आवश्यक हुन्छ। लोकतन्त्र जनताप्रति उत्तरदायित्व र सन्तुष्टिमा आधारित हुन्छ। यदि यो भावना कमजोर भयो भने तानाशाहीजस्ता परिस्थितिहरू उत्पन्न हुन सक्छन्। उहाँले गर्वका साथ भन्नुभयो कि भारत विश्वको सबैभन्दा ठूलो लोकतन्त्र हो, जहाँ १४० करोड जनसंख्याबीच सफलतापूर्वक निर्वाचन सम्पन्न गरी जनादेशअनुसार सरकार गठन गर्नु सम्पूर्ण विश्वका लागि उदाहरणीय उपलब्धि हो।

अध्यात्मको सन्दर्भमा सद्गुरुदेव श्री सतपालजी महाराजले भारतको सनातन परम्परा सार्वभौमिक रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो ‘हिन्दू’ कुनै संकीर्ण धार्मिक परिचय होइन, बरु यो सांस्कृतिक र भौगोलिक परिचय हो। उहाँले सिन्धु घाटी सभ्यताको सन्दर्भ दिँदै ‘हिन्दू’ शब्दको उत्पत्ति सिन्धु नदीबाट भएको जानकारी दिनुभयो। सनातन परम्परा त्यो आधार हो, जसमा समाज र सभ्यताका अनेक शिखरहरू निर्माण गर्न सकिन्छ। यो परम्परा कहिल्यै विभाजन गर्ने होइन, सधैं जोड्ने कार्य गर्छ।
मानव उत्थान सेवा समितिको कार्यहरूको जानकारी दिँदै समितिले जनकल्याण र आध्यात्मिक चेतनामार्फत समाजसेवामा निरन्तर योगदान पुर्‍याईरहेको कुरो बताए।

श्री महाराज जीले अझ भन्नुभयो— जाति, धर्म, भाषा र संस्कृति फरक हुन सक्छन्, तर सम्पूर्ण मानव एउटै परम चेतनाका अंश हुन्। आजको आवश्यकता परस्पर समझदारी, सहिष्णुता र सद्भावनालाई जीवनमा आत्मसात् गर्नु हो।
आज साँझको समयमा आयोजित भक्ति सङ्गीत कार्यक्रममा प्रख्यात भजन कलाकारहरूको भावपूर्ण प्रस्तुतिले सम्पूर्ण वातावरण भक्तिमय बन्यो। युवा शक्ति का प्रणेता श्री विभु जी महाराजले युवाहरूसँग नशामुक्त, अनुशासित र राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो।

माता श्री अमृताजीले पनि सद्भावना सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै सम्मेलनको सफलताको लागि सम्पूर्ण सन्त महात्मा एवं कार्यकर्ताहरुको कार्यको समीक्षा गर्दै भक्तहरुले सधैँ गुरु महाराजजीको आज्ञामा रहेर अघि बढ्ने आह्वान गर्नुभयो। यस नयाँ वर्ष २०२६ मा सम्पूर्ण मानव उत्थान सेवा समिति र मानव सेवा दलका कार्यकर्ताहरूले आत्मज्ञानको प्रचारप्रसारको लागि सन्त महात्मालाई साथ दिने आग्रह गर्नुभयो।

सद्भावना सम्मेलनलाई महात्मा प्रतिमा बाइजी महात्मा चमेली बाइजी महात्मा दक्षिणा बाइजी महात्मा दीपिका बाइजी महात्मा हरि सन्तोषानन्द डाक्टर जेपी अग्रवाल आदिले पनि सम्बोधन गरेका थिए।
सम्मेलनको प्रथम दिन झैँ आज समापनको अवसरमा पनि समितिको सांस्कृतिक विभागको नेतृत्वमा मानव उत्नथन सेवा समितिका विभिन्न तहसिलहरूका कलाकारहरूले नेपाली, हिन्दी,साद्री, बंगला भाषामा भजन किर्तन एवं विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए।

समारोहलाई कुमार योञ्जन, चन्दन लकान्द्री, लक्ष्मण राई आदिले सञ्चालन गरेका थिए। आज १ जनवरीको दिन सम्मेलन परिसरमा श्रीयांशजी महाराजको जन्मोत्सव पनि विभिन्न वैदिक विधिविधानद्वारा अष्ट चिरञ्जीवी पूजा गरेर सम्पन्न भएको थियो। आफ्ना नाति श्रीयांसलाई आशीर्वाद दिनुहुँदै श्री महाराजजीले सबैलाई सधैँ अनुशासित र संस्कारित भई भारतीय संस्कृतिलाई सधैँ सिरोपर गर्ने सबैलाई निवेदन गर्नुभयो।

दुवै दिन हजारौं भक्तहरु आफ्ना सदगुरुदेव एवं दिव्य परिवारको दर्शन पाएर धेरै प्रसन्न भएका थिए। ३० दिसम्बरसम्म अत्याधिक चिसोले काँपेको सिलगढी श्री महाराजको आगमन हुने बित्तिकै सबैले ठण्डादेखि राहत पाएको अनुभवहरू पनि भक्तहरुले बताइरहेका थिए।

दुवै दिन सद्भावना सम्मेलन परिसरमा दिल्ली, हरिद्वारदेखि प्रकाशित भएका आध्यात्मिक पुस्तकहरू र आयुर्वेदिक दबाई किन्न पनि मानिसहरू भीड लागेको देखियो। दुई दिवसीय सद्भावना सम्मेलनलाई सुव्यवस्थित ढंगले सम्पन्न गर्न सहयोग पुर्‍याउनुहुने सबैप्रति समितिका उत्तरपूर्वाञ्चल क्षेत्रका अध्यक्ष महात्मा दीपिका बाइजी, मूल सचिव प्रकाश हाङखिम र मानव सेवा दलका प्रान्तपालद्वय भीम प्रकाश राई र हेमराज गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ