मिनरल स्प्रीङको विभिन्न होमस्टेहरुमा पर्यटक आगमनमा वृद्धि

Share this news

मिनरल स्प्रीङ, 1 जनवरी: यस वर्षको अन्तिम सप्ताह अनि नयाँ वर्ष आगमनको छेका पारेर विभिन्न स्थानबाट घुम्न अनि छुट्टी बिताउन आएका पर्यटकहरुको उपस्थितिले मिनरल स्प्रीङको विभिन्न स्थानमा रहेको होमस्टेहरुमा निकै चहलपहल बढेको देखिएको छ। यस वर्षको अन्तिम सप्ताह साथै नयाँ वर्षको आगमनको अवसर पारेर घुम्न अनि छुट्टी बिताउन आएका पर्यटकहरुको संख्यामा पनि निक्कै वृद्धि भएको देखिएको छ। यहाँ अवस्थित विभिन्न होमस्टेहरुमा पर्यटकहरू आउने अनि जाने क्रम दैनिक रूपमा भइरहेको स्थानीय होमस्टे सन्चालकहरूले बताएका छन्। केही दिन अघि सम्पन्न बड़ा दिन तथा क्रिसमसको अवसर पारेर पनि धेरै पर्यटकहरू यहाँका होमस्टेहरुमा बास बस्न आएका थिए भनी होमस्टे सन्चालकहरूले जनाएका छन् भने आगामी नव वर्षको निम्ति पनि धेरै बुकिङहरु रहेको बताएका छन्।
अहिले मिनरल स्प्रीङ अन्तर्गतका विभिन्न गाउँहरुमा विभिन्न नाम रहेका निजामती अनि लिजमा सन्चालित होमस्टेहरू छन्। यहाँको आँपबोटे गाउँमा सन्चालित शान्ति कुन्ज होमस्टेका सन्चालक केवल तामाङसित पर्यटकहरुको आगमनबारे जान्न चाहँदा अहिले धेरै संख्यामा पर्यटकहरू आईरहेको बताए। मिनरल स्प्रीङ क्षेत्र भीडभाडदेखि अलग्गै रहेको हुनाले पनि यहाँ पर्यटकहरू आउन रुचाएको बताए। उनले आफ्नो होमस्टेसित स्वीमिङ पुल पनि संलग्न रहेको,रिभर साइड पिकनिक, दार्जिलिङका अन्य पर्यटकीय स्थलहरूको भ्रमणको सुविधा साथै स्थानीय तथा जैविक भोजनको व्यवस्था जस्ता विशेषताहरु रहेको जनाए।
मिनरल स्प्रीङको शान्ति कुन्ज होमस्टेमा बास बस्न आइपुगेकी कलकत्ता निवासी पर्यटक दीपशिखा तिवारीसित आफ्नो भ्रमणबारे जान्न चाहँदा उनले आफ्नो परिवार र साथीहरूसित यहाँ आएको जनाउँदै यहाँ बस्नुको अविस्मरणीय अनुभव रहेको बताइन साथै सबै कुराको राम्रो व्यवस्था साफ सफाई आदि पनि राम्रो रहेको हुनाले अझै केही दिन बस्ने मन भएको जनाइन् । यस्तै प्रकारले यो समाचार लेख्दा लेख्दै यहाँको तथ्यगत फार्म अनि होमस्टेमा पनि नदियाका एक हुल पर्यटकहरुको आगमन भएको देखियो भने गोदाम धुरा गाउँका विभिन्न होमस्टेहरुमा पनि पर्यटकहरुको आगमन भ ईरहेको जानकारी प्राप्त भएको

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ