AJAY EDWARDS
AJAY EDWARDS

ट्राफिक समस्य लिएर जीटीए प्रमुख सचिवलाई एडवाडर्सद्वारा पत्रचार

Share this news

दार्जीलिङ,1 जनवरी (निसं):क्षेत्रीय सरकार तथा प्रशासनको कारणले गर्दा चालकहरूको समस्या जटिल बन्दै जान्दैछ। क्षेत्रिया सरकार साथै प्रशासनको उदासिनताको कारणले दार्जीलिङमा पयर्टन अर्थतन्त्रमा दिनप्रति दिन गम्भीर प्रभाव पर्दै गइरहेको गुनासो राख्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्ड(आइजीजीएफ) केन्द्रीय संयोजक तथा निर्वाचित सभासद अजय एडवाडर्सले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले प्रमुख सचिवलाई पत्रमा लेखेका छन्।
दार्जीलिङ पहाडको वर्तमान स्थिति र गाडी चालकहरूले भोग्नु परिरहेका विभिन्न समस्याहरू माथि ध्यान आकर्षण गर्दै आईजीजेएफ संयोजक तथा सभासद अजय एडवाडर्सले जीटीए प्रमुख सचिवलाई पत्रचार गरेको आइजीजेएफ सुत्रले बताएको छ। सुत्रको जानकारी अनुसार, पत्रको प्रतिलिपि दार्जीलिङ जिल्लापाल,पुलिस अधिक्षक,जीटीए पयर्टन विभागीय अधिकारी,जीटीए चीफ एक्ज्युकेटिभ समक्ष पठाइएकोछ।

सभासद एडवाडर्सले आफ्नो पत्रमा भनेका छन्, जीटीए तथा प्रशासनको उदासिनताको कारणले गर्दा दार्जीलिङको पयर्टन अर्थतन्त्रमा दिन प्रतिदिन प्रभाव पर्दै आइरहेको छ, जसले गर्दा पयर्टन उद्योगमाथि निर्भर रहेका स्थानीय रोजगार युवाहरूमा गम्भीर प्रभाव पर्दै गइरहेको बताएका छन्।दार्जीलिङको प्रशिद्व पयर्टन स्थल टाइगर हिलको प्रवेशमा जीटीए तथा प्रशासनले टोकन साथै शुल्क जारीकोछ।संचालनमा आइरहेको म्यानुअल टाइगर हिल टोकन प्रणालीदेखि स्थानीय गाडी चालकहरूलाई बाहिर राख्ने साथै बाहिरोबाट आउने गाडीहरूलाई टाइगर हिलको प्रवेशमा रोक लगाउने सभासद एडवाडर्सले आफ्नो पत्रमा माग गरेको छ।दार्जीलिङको कतिपय पयर्टन स्थलहरूको बाटो असुविधा रहेको हुनाले बाहिरबाट आएका गाडी चालकहरूलाई यी विषयहरूमा उचित ज्ञान नभएको हुनाले दुर्घटना,ट्राफिक जाम आदि जस्ता समस्याहरू उत्पन्न हुने गरेको पत्रमा उलेख गरेका छन।टाइगर हिल दार्जीलिङको प्रशिद्व पयर्टन स्थलहरू मध्ये एउटा हो।विभागले प्रत्येक पयर्टकहरूबाट 20 रूपियाँ प्रवेश शुल्क लिने गर्छ तर विगत 10 बर्षदेखि निर्माणाधीनमा रहेको ग्यालरी आजसम्म पूरा हुन सकेको छैन।जसले गर्दा पयर्टकहरूले जोखिम उठाउदै टाइगर हिलबाट सुर्यद्रयको दश्य हेर्ने बाध्य छन।टाइगर हिलमा साफ सफाईको ब्यवस्था छैन,जता तताई फोहोरहरूको थुप्रो देखिन्छ।

यस बारे जीटीए तथा प्रशासनले उचित कदम उठाउन जरूरी छ साथै प्रबेश शुल्क उठाउने कार्य बन्द गरिनु पर्छ भन्ने मांग सभासद एडवाडर्सले आफ्नो पत्रमा उलेख गरेको छ। दार्जीलिङको सडक अति नै सानो र साँधुरो रहेको हुनाले त्यसै पनि ट्राफिक जाम आदि जस्ता समस्याहरू हुने गर्छन त्यहीमाथि राज्य सरकारले एनबीएसटीसी,को बस सेवा संचालन गरेर दार्जीलिङको ट्राफिक समस्यालाई अझ जटिल बनाएको छ।त्यसकारण सरकारले यस ठूलो बस सेवा कार्यलाई बन्द गरेर मिनी बस सेवा शुरू गरिदिने पत्रमा अनुरोध गरेको छ।

जीटीए ले रोजगार योजनाहरू सृजना गर्न नसक्दा स्थानीय शिक्षित युवाहरू स्वरोजगार तथा आत्मा निर्भर बन्न यातायात क्षेत्रमा प्रवेश गरेका छन् तर उनीहरूमाथि पनि दुरव्यवहार  ,बहिष्कार आदि जस्ता अपमान झेल्न परी रहेको छ।सामाजिक रूपमा पनि यो अन्याय पूर्ण हो,यस बारे अविलम्ब हस्तक्षेपको गर्नु पर्ने माग सभासद अजय एडवाडर्सले आफ्नो पत्रमा गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ