नामथिङ्ग माङखिम परिसरमा साकेल (उँधौली) पर्व पालन

Share this news

किराँत खम्बु राई मुन्दुम सामदुङ साम्पुक सिटोङको आयोजनामा आज सिटोङ थ्री ग्रामपञ्च्यात अन्तर्गत नामथिङ्ग माङखिम परिसरमा साकेल (उँधौली) पर्व पालन गरियो। उक्त समारोह आयोजक समितिका सभापति बसन राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने समाजसेवी विक्रम राई प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए साथै अधिवक्ता बन्दना राई, साहित्यकार उदय थुलुङ्ग आदि विशिष्ट अतिथिको रुपमा उपस्थित थिए। प्रमुख अतिथिको बाहुलीवाट दिप प्रज्वलन गरेपश्चात स्वागत सिली नृत्यको प्रस्तुतिसंगै कार्यक्रमको शुभारम्भ भएको थियोे। प्रमुख अतिथि विक्रम राई विशिष्ट अतिथि बन्दना राई लगायत विभिन्न क्षेत्रवाट आएका समितिका प्रतिनिधिहरुले राई जातिका संस्कार संस्कृति चाडपर्व भाषा साहित्य संगीत आदि संरक्षण सम्बर्द्धन आदिवारेमा आ-आफ्नो वक्तव्य राखेका थिए। यसै समारोहमा सिटोङबाट भर्खरै डाक्टर बनेका प्रेस्ना राईलाई पनि सम्बर्द्धना जनाइएको थियोे। विभिन्न शाखाबाट आएका नृत्य टोलीले सुन्दर नृत्य प्रस्तुत गरेको समारोहमा उपस्थित गण्यमाण्य व्यक्तित्वहरुलाई मायाको चिन्ह प्रदान गरिएको थियोे। उक्त कार्यक्रमलाई निश्चल राई अनि प्रम राईले संचालन गरेका थिए। निकट भविष्यमा यही नामथिङ्ग परिसरमा माङखिम निर्माण गर्ने विषयमा पनि संगठन लागिपरेको पनि जानकारी प्राप्त भएको छ। आजको कार्यक्रममा टाढा नजिकबाट बहुमुल्य उपस्थिति दिएर कार्यक्रम सफल बनाउन साथ दिए बापत समितिका मुल सचिव पेरम बारलुङ्गले धन्यवाद व्यक्त गरेका थिए।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ