सिटिजन एक्सन पार्टी–सिक्किम, महिला परिषदको समन्वय सभा

Share this news

सिटिजन एक्सन पार्टी–सिक्किम महिला परिषद् नाम्चीको कार्यकारी समितिको समन्वय सभा नाम्ची पार्टी कार्यालयमा मंगलबार सम्पन्न भयो। सभाको क्रममा पार्टीकी महिला परिषद् उपाध्यक्ष प्रभारी श्रीमती सुमती छेत्रीले राज्यमा महिलाको सुरक्षा सुनिश्चित गर्न सरकार पूर्ण रूपमा असफल भएको स्पष्ट बताइन्। उनले महिलाहरूको अधिकार अनि सुरक्षाको विषयमा यति कमजोर र लाचार सरकार सिक्किमले अहिलेसम्म नदेखेको उल्लेख गरिन्। आज आम नागरिक असुरक्षित छन्, राज्यको सम्पत्ति खुलेआम बिक्री भइरहेको छ, अनावश्यक ऋणको बोझ जनतामाथि थोपरिएको छ, नेपोटिजम चरम सीमामा पुगेको छ अनि राज्यको अर्थतन्त्र डामाडोल बनाइएको अवस्थामा पनि सत्ताधारीहरू मौजमस्तीमा व्यस्त रहेको उनको भनाइ थियो। श्रीमती छेत्रीले

मुख्यमन्त्रीबाट खुलेआम धम्की दिई प्रजातन्त्रको हनन भइरहेको आरोप लगाउँदै, सिटिजन एक्सन पार्टी–सिक्किमका सम्पूर्ण महिलाहरू एकजुट भई अन्यायविरुद्ध विद्रोह गर्ने अनि राज्य तथा राज्यवासीको हितका लागि अन्तिम क्षणसम्म संघर्ष गर्ने आह्वान पनि गरिन्।

सभामा सिटिजन एक्सन पार्टी–सिक्किमलाई अझ मजबुत बनाउने, संगठन विस्तार गर्ने तथा महिला नेतृत्वलाई सक्रिय बनाउने विषयमा व्यापक छलफल भयो। यस समन्वय सभामा पार्टीकी महिला परिषद् उपाध्यक्ष प्रभारी श्रीमती सुमती छेत्री, कार्यकारी उपाध्यक्ष प्रभारी श्रीमती सन्जु राई, महिला परिषद्की अध्यक्ष श्रीमती बिना शर्मा, महासचिव अर्पणा राई, युवा उपाध्यक्ष इडु भुटिया, नाम्ची जिल्ला महिला परिषद्की अध्यक्ष श्रीमती हेलेन राईलगायत नाम्ची जिल्लाअन्तर्गतका ६ वटै इकाइका महिला परिषद्का अध्यक्ष, सचिव तथा विभिन्न पदमा रहनुहुने महिला नेतृहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाले महिलाको सुरक्षा, अधिकार र सम्मानका लागि सिटिजन एक्सन पार्टी–सिक्किम महिला परिषद् अझ सशक्त रूपमा अघि बढ्ने निर्णय गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको पार्टीकी महिला परिषद् महासचिव अर्पणा राईले जानकारी दिएकी छिन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ