गुरुङ तमुहरूद्वारा ल्होसार (नयाँ वर्ष) हर्षोल्लासका साथ पालन

Share this news

अल इन्डिया गुरूङ तमु बौद्ध सङ्गठनद्वारा गुरुङ ल्होसार हर्षोल्लासका साथ बागडोगराको भुट्टाबारीमा मङ्गलबार पालन गरिएको थियो। उक्त सङ्गठनको सिलगढी महकुमा सभापति बाल कुमार गुरुङ अनि उप सभापति कृष्ण कुमार गुरुङद्वारा नेतृत्व गरिेएको समारोहमा मुख्य अतिथिका रुपमा सङ्गठनका प्रमुख सल्लाहकार डा० रत्नप्रकाश गुरुङ उपस्थित थिए। उप सभापति कृष्ण कुमार गुरुङद्वारा स्वागत भाषण राखिएको कार्यक्रममा प्रेम गरुङ, वरिष्ठ साहित्यकार, समीक्षक तथा

समाजसेव़ी, अनिश गुरुङ, वरिष्ठ अधिवक्ता, उदयमान वकीलर समाज सेवी,

डा०ज्ञानचन्द्र गुरुङ, सम्मानित शिक्षक, तथा सामाजिक अभियन्ता, विशेष गरि जनजाति को मान्यताको लागि पहलमा सक्रिय, सुमन गुरुङ, इञ्जीनियरको रुपमा देश सेवामा संलग्न अनि संगीत क्षेत्र र गायन क्षेत्रमा पनि चर्चित लगायत श्रीमती सुशीला तामङ गुरुङ, समाज सेव़ा र धार्मिक क्षेत्रमा सेव़ाको लागि र चम्पासरी मिलन मोड़ शाखाको सक्रिय सभानेत्री, लाई सम्मान गरियो।

कार्यक्रममा प्रमुख अतिथि डा० रत्नप्राकाश गुरुङले आफ्नो वक्तव्यमा सम्पूर्ण गोर्खा सन्तानलाई ल्होसार र नयाँ वर्षको शुभकामना जनाउँदै हर गोर्खा जाति र

देशवासीलाई एकता र शान्तिको निम्तिको लागि समुदायबीच संस्कृति र भाषाको उन्नतिको लागि आह्वान गरेका थिए। यसरी नै सभापति, बाल कुमार गुरुङ, उपसभापति के०के० गुरुङ, सांस्कृतिक सचिव डा० शारदा गुरुङ मूल सचिव सुमेश गरुङले वक्तव्य पेश गरेका थिए।

मूल सचिव सुमेश गुरुङद्वारा सञ्चालन गरिएको कार्यक्रममा सांस्कृतिक प्रस्तुतिले रमाइलोपन थपेको थियो। यो ल्होसारमा सिलगढी तराई क्षेत्रका सबै शाखाहरुबाट प्रतिनिधिहरुले भाग लिँदा छसय गुरूङ तमु बौद्धहरूको भेला रहेको कार्यक्रमलाई सम्पूर्णरुपले सफल पार्न भुट्टाबारी समाजका सभापति के०के० गुरुङ, सचिव दीपकर गुरुङलगायत सदस्यहरुले सभा र ल्होसारको प्रीतिभोजको प्रवन्धपनि राम्रो मिलाएका थिए। यी सबै कुराका लागि भुट्टाबारी शाखा समाजका पदाधिकारीहरू साँच्चै प्रशन्सायोग्य रहेको बताइएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ