श्रीकृष्ण प्रणामी मन्दिर कालिझोडाको ३९ औं वार्षिकोत्सव समारोह गत २८ डिसेम्बरदेखि ३० दिसम्बरसम्म भव्यरुपमा पालन गरियो। उक्त अवसरमा मंगलधाम गादीपति गुरुजी श्री १०८ मोहन प्रियाचार्यजी महाराज अनि वयोवृद्ध धर्मप्रचारक पण्डित राजप्रसाद ढुंगेलको विशेष सान्निध्य रहेको थियोे भने पुर्व विधायिका तथा बाईजुराज संघ केन्द्रीय समिति प्रमुख रेणुलिना सुब्बा लगायत गण्यमाण्य धर्मप्रचारक गुरुजनको उपस्थिति रहेको थियोे। गुरुजी मोहन प्रियाचार्यलाई मंगलसेवा दलद्वारा भव्य स्वागत गरेर मन्दिर परिसरसम्म प्रवेश गराइएको थियो। मन्दिरमा प्रवेश गरेेेपश्चात गुरुजीले गत तीनदिनदेखि चल्दै आएको पारायणको पुर्णाहुुति गरे अनि श्रीकृष्ण प्रणामी धर्मध्वज उत्तोलन गरेका थिए। उक्त समारोहलाई सम्बोधन गर्दै तिनले कालिझोडा मन्दिरको ३९ औं वार्षिकोत्सव सम्मको यात्राक्रमको व्याख्यान गर्दै गुरुजी श्री१०८ मंगलदासजी महाराजको दुरदर्शिताको फलस्वरूप साथै बस्नेत परिवारको योगदानको कारण आज हामी यसरी वार्षिकोत्सव मनाइरहेको बताए। साथै भविष्यमा कालिझोडा मन्दिरलाई विकसित गरेर पर्यटनीय स्थलको रुपमा विकसित गरेदै लैैजाने सुन्दर भावी रणनीति बारेमा प्रकाश पारेका थिए। यसै अवसरमा धर्मप्रचारक पं. राजप्रसाद ढुंगेलकृत जीवनी जीवन यात्राको पनि मोहनप्रियाचार्यको बाहुलीबाट लोकार्पण गरियो। उक्त अनुष्ठानलाई पं. ढुंगेलले पनि सबैपक्ष समेटेर सम्बोधन गरेका थिए भने पर्व विधायिका रेणुलिना सुब्बाको पनि मन्तव्य रहेको थियोे। विभिन्न क्षेत्रवाट आएका सुन्दरसाथ समुहले भजन प्रस्तुति गरेको कार्यक्रममा आयोजक समितिले विभिन्न व्यक्तित्वहरुलाई सम्मान जनाउने कार्य पनि भएको थियोे। आयोजक समितिका सचिव घनश्याम छेत्रीले स्वागत मन्तव्य राखेको उक्त समारोहलाई अमरराज महाराजले संचालन गरेका थिए।












