The Silver Jubilee of Gram Uday Sangh Samaj was celebrated in a grand manner
The Silver Jubilee of Gram Uday Sangh Samaj was celebrated in a grand manner

ग्राम उदय संघ समाजको रजत जयन्ती भव्य रूपमा आयोजित

Share this news

दार्जीलिङको सुकेपोखरीमा सक्रिय सामाजिक संस्था ग्राम उदय संघ समाजले आफ्नो स्थापनाको २५ औँ वर्ष पूरा भएको अवसरमा आज युवक संघ हल, सुकेपोखरीमा रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न गरेको थियो। समारोह समाजका सभापति प्रणेश राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा दावा नर्बु लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए भने कुल बहादुर सुनाम, कृष्ण चाम्लिङ, सामाजिक अभियन्ता तथा स्वतन्त्र पत्रकार फुर्बा छिरिङ शेर्पा विशेष अतिथिका रूपमा उपस्थित रहेको थियो। सुबास राई र शिल्पा राईले संयुक्त रूपमा सञ्चालन गरिएको कार्यक्रमको सुरुआतमा समाजका दिवंगत संस्थापक सदस्यहरूप्रति दुई मिनेट मौनता धारण गर्दै श्रद्धाञ्जली अर्पण गरियो। साथै महात्मा गान्धी तथा संस्थापक सदस्य जय कुमार लामाको तस्बीरमा श्रद्धा अर्पण गरियो। यस अवसरमा समाजका संस्थापक सदस्यहरू, कार्यकारिणी सदस्यहरू तथा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो। रजत जयन्तीको अवसरमा अध्यक्ष तथा प्रमुख अतिथिद्वारा केक काटेर उत्सव पालन गरियो। कार्यक्रममा सुबास राईले समाजको स्थापना इतिहास र विगत २५ वर्षमा समाजले गरेका विभिन्न सामाजिक तथा कल्याणकारी कार्यहरूको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए।

समाजका अध्यक्ष प्रमेश राईले समाजले हालसम्म सञ्चालन गरेका गतिविधिहरू तथा भावी कार्यक्रमबारे जानकारी दिँदै संस्थापक सदस्यहरू, कार्यकारिणी सदस्यहरू, अतिथिहरू तथा उपस्थित सबैप्रति आभार व्यक्त गरेका थिए। त्यसैगरी समाजका सल्लाहकार तथा पूर्व पदाधिकारी शेखर गुरुङले सन् २००० मा आजकै दिन ग्राम उदय संघ समाज स्थापना गरिएको स्मरण गराउँदै समाजको मूल उद्देश्य समाजको उत्थान, जनसेवा तथा सहयोगको भावना विस्तार गर्नु रहेको बताएका थिए। समारोह सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको जानकारी प्रमेश राई, शेखर गुरूड अनि सुबास राई दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ