अन्तर्राष्ट्रिय सभाःभूटानी शरणार्थी संग्राहलय स्थापनाको प्रस्ताव

Share this news

दमकमा आयोजित एक अन्तर्राष्ट्रिय सभामा भूटानी शरणार्थी संग्राहलय स्थापनाको प्रस्ताव पारित गरिएको छ। उक्त सभामा अमेरिकाबाट GPA, अस्ट्रेलियाबाट HOI, भारत र नेपालबाट प्रतिनिधिहरूको सहभागिता थियो। नेपालबाट वरिष्ठ साहित्यकार डा. गोविन्दराज भट्टराई सरको विशेष उपस्थिति रह्यो। कार्यक्रमको आयोजना HOI Nepal Chapter ले गरेको थियो। सभामा विभिन्न वक्तव्यहरू आए र महत्त्वपूर्ण विषयहरू उठाइए।

कार्यक्रमका क्रममा अमेरिका निवासी काशी अधिकारीका 6 वटा कृतिहरूको पुस्तक लोकार्पण सम्पन्न भयो। ती पुस्तकहरू डा. गोविन्दराज भट्टराईद्वारा लोकार्पण गरियो। तीमध्ये डा. खगेन्द्ल शर्माद्वारा सम्पादन गरेका दुई वटा अङ्ग्रेजी पुस्तकहरू पनि लोकार्पण भए। पहिलो पुस्तक Murder of Democracy: Himalayan Kingdom (लेखक: देवीभक्त लामिटारे; सम्पादक: डा. खगेन शर्मा र काशी अधिकारी) हुन्।

दोस्रो पुस्तक We Can Forgive But We Cannot Forget: Bhutan (लेखक: काशी अधिकारी; सम्पादक: डा. खगेन शर्मा र रमेश खड्का) हुन्।

सभामा डा. खगेन शर्माले उठाएका मुख्य विषयहरू यसप्रकार छन्– (१) अमेरिका तथा अन्य पूर्व–भुटानी बसोबास गरिरहेका राष्ट्रहरूले नेपाली भाषालाई औपचारिक मान्यता दिनुपर्छ। साथै, कुनै विश्वविद्यालयमार्फत कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूका लागि डिस्टेन्स मोडमा नेपाली डिप्लोमा कोर्स सञ्चालन गराउन पहल गरिएमा मात्र भाषा र संस्कृति दिगो रहन सक्छ। यो अधिकार प्राप्य मात्र होइन, अत्यन्त जरुरी पनि छ।

(२) भुटानी विशिष्ट स्वर्गीय व्यक्तित्वहरू—देवीभक्त लामिटारे, आर.के. बुढाथोकी, डा. भम्पा राई, एन.बी. गिरी र किशोर राई आदिको संयुक्त स्मृति र श्रद्धामा एउटा स्मृतिग्रन्थ प्रकाशन गर्नु आवश्यक छ। प्रस्तावित स्मृतिग्रन्थमार्फत् वर्तमान परिवेशमा आवश्यक अपिल र सन्देश समावेश गर्न सकिन्छ। उक्त स्मृतिग्रन्थको नाम के राख्ने, कसले पहल गर्ने भन्ने विषयमा सहमति आवश्यक छ।

(३) सारा पूर्व–भुटानी समुदायबिच रहेका विभिन्न सङ्घ–संस्थाहरूले संयुक्त रूपमा एक बृहत् सभा आयोजना गर्न सके बृहत्तर स्वार्थमा धेरै फाइदा हुने देखिन्छ।

(४) विश्वसमुदायलाई भुटानी शरणार्थीहरूको अतीत देखाउन तथा संरक्षण गर्न दमकमा Bhutanese Refugee Museum स्थापना गर्न सके, र दोस्रो चरणमा अमेरिका तथा युकेमा पनि विस्तार गर्न सके, यो यस शताब्दीको ऐतिहासिक कार्य हुनेछ। प्रस्तावित सङ्ग्रहालयमा Medical Tourism, Religious Tourism, Guesthouse, Tour & Travel Contact Point, Meeting Hall आदि सुविधा पनि समावेश गर्न सकिन्छ। यस विषयमा अझै प्राविधिक पक्षबारे थप छलफल आवश्यक छ।

सभामा अमेरिका निवासी काशी अधिकारी, अस्ट्रेलिया निवासी डी.एस. काफ्ले, प्रकाशक तथा डकुमेन्टरी निर्माता रमेश खड्का, र वरिष्ठ साहित्यकार डा. गोविन्दराज भट्टराई सरले पनि आ–आफ्ना विचार प्रस्तुत गरे। उक्त कार्यक्रममा खुसी भारद्वाजले पनि गणेश वन्दना र बिहु नृत्य प्रस्तुत गरेकी थिइन्।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ