लामाहट्टा-पेशोक, 29 दिसेम्बर(निसं): मलाई धेरै खुशी लाग्यो अनि गर्व महसुस भईरहेको छ। मैले संकल्प गरेको छु कि एक सिपाही मात्र बनेर देश सेवा गर्नु होइन, सेनामा भर्ना भए पछि थुप्रै प्रवेश हुन्छन् जहाँबाट अधिकारी बन्न सकिन्छ,त्यसबारे युवाहरुलाई पनि प्रोत्सहान गर्द्छु। उक्त मन्तव्य भारतीय सेनामा (आसाम रेजिमेन्ट) लेप्टीनेन्ट मृणाल गुरुङले सम्मान कार्यक्रमबाट व्यक्त गरेका हुन्। म गुरुङलाई भुतपुर्व सैनिक कल्याण संगठनको लामाहट्टा युनिट अनि सेवा समाज, लोवर लाम्माहट्टा बस्तीद्वारा संयुक्त रुपमा आयोजित सम्मान कार्यक्रममा उपस्थिती दिन आएका थिए भने सम्मानित बने पछि उक्त मन्तव्य व्यक्त गरेका हुन्। आफू सानो छँदा मात्र सेनामा भर्ना हुने दृड संकल्प मात्र लिएका हुन्छन तर सेनामा भर्ना हुनको निम्ति यस्ता थुप्रै अवसरहरु रहेको जसलाई आफुले मनन गरेर रोज्नु पर्छ अनि आफ्नो दृड्संकल्पअनुरुप हुनेछ, सम्मानित लेप्टीनेन्ट मृणालले बताए।
लामाहट्टा स्थित भोटिया विकास भवनमा अवकाश प्राप्त हवल्दार एवं लामाहट्टा भुतपुर्व सैनिक कल्याण संगठनका कर्मठ सदस्य सुकमान गुरुङको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा आयोजक लामाहट्टा भुतपुर्व सैनिक संगठन अनि सेवा समाजका सभापति-सचिवहरु, सम्मानित लेप्टीनेन्ट्का माता-पिता क्रमैले अञ्जुला गुरुङ अनि मनि कुमार गुरुङ, उनका बोजु, अनि धर्म पत्नी लगायत समाज अनि संगठनका सदष्यहरुको उपस्थितिमा लेप्टीनेन्ट मृणाल गुरुङलाई सम्बर्धना पत्रद्वारा सम्मान जनाईएको थियो।
यसका साथै पिता मनिकुमार गुरुङ, माता अञ्जुला गुरुङ, बोजु अनि धर्मपत्नीलाई पनि खदा, शीरशोभा, अङ्गवस्त्र आदिले सम्मान जनाइएको थियो।अवकाशप्राप्त अनरी कप्तान गणेश राईले उक्त सम्मान कार्यक्रमलाई सञ्चालन गर्दै सम्मानित लेप्टीनेन्ट मृणाल गुरुङको जीवनी, भारतीय सेनामा भर्ना भएका ती पलहरु, उनले पहिल्याएका पाईलाहरु अनि उनका संकल्पहरुलाई सरल अनि शुद्ध शैलीमा व्याखा गर्दै प्रकाश पारे। सम्मान पश्चात् उपस्थित सेवा समाजका पदाधिकारीवर्ग, सदस्य-सदस्याहरु, भुतपुर्व सैनिक कल्याण संगठनका पदाधिकारी लगायत सदष्यहरु, परिवार आदिले पनि लेप्टीनेन्ट गुरुङलाई उनको उपलब्धी प्रति बधाई एवं शुभकामना व्यक्त गर्दै खदा लगाई दिए।
लेप्टीनेन्ट गुरुङ आफू सत्र वर्षको उमेरमा सेनामा भर्ना भएका थिए भन्दै आफुले गरेको संकल्पलाई आफुले कदापि नभुल्ने प्रतिबद्धता जाहेर गरे भने आउने युवाहरुलाई सेनामा भर्ना हुन् अघि आफुले मनन गर्न आवश्यक रहेको प्रष्ट पारे।
उन्ले गरेको उपलब्धीप्रति समाजका मुख्य सल्लाहकार रमेश गुरुङ, सेवा समाजका सभानेत्री अनि सचिवा क्रमैले सुष्मिता गुरुङ, अनि सुष्मा राई, साथै भुतपुर्व सैनिक कल्याण संगठन ,लामाहट्टा युनिट्का महासचिव सचिन राणाले पनि लेप्टीनेन्ट गुरुङको उपलब्धिले लामाहट्टा मात्र नभएर सम्पुर्ण पहाड्का गोर्खाहरुको नाम उच्च राखेको महसुस गरेको बताए।
मृणाल बाहेक पनि यस् क्षेत्रबाट एकजना व्यक्ति लेप्टीनेन्ट बनेका थिए भनी कार्यक्रमका अध्यक्ष अवकाशप्राप्त हवल्दार सुकमान गुरुङले बताए।
लामाहट्टा-पेशोक, 29 दिसेम्बर(निसं): मलाई धेरै खुशी लाग्यो अनि गर्व महसुस भईरहेको छ। मैले संकल्प गरेको छु कि एक सिपाही मात्र बनेर देश सेवा गर्नु होइन, सेनामा भर्ना भए पछि थुप्रै प्रवेश हुन्छन् जहाँबाट अधिकारी बन्न सकिन्छ,त्यसबारे युवाहरुलाई पनि प्रोत्सहान गर्द्छु। उक्त मन्तव्य भारतीय सेनामा (आसाम रेजिमेन्ट) लेप्टीनेन्ट मृणाल गुरुङले सम्मान कार्यक्रमबाट व्यक्त गरेका हुन्।
म गुरुङलाई भुतपुर्व सैनिक कल्याण संगठनको लामाहट्टा युनिट अनि सेवा समाज, लोवर लाम्माहट्टा बस्तीद्वारा संयुक्त रुपमा आयोजित सम्मान कार्यक्रममा उपस्थिती दिन आएका थिए भने सम्मानित बने पछि उक्त मन्तव्य व्यक्त गरेका हुन्। आफू सानो छँदा मात्र सेनामा भर्ना हुने दृड संकल्प मात्र लिएका हुन्छन तर सेनामा भर्ना हुनको निम्ति यस्ता थुप्रै अवसरहरु रहेको जसलाई आफुले मनन गरेर रोज्नु पर्छ अनि आफ्नो दृड्संकल्पअनुरुप हुनेछ, सम्मानित लेप्टीनेन्ट मृणालले बताए।
लामाहट्टा स्थित भोटिया विकास भवनमा अवकाश प्राप्त हवल्दार एवं लामाहट्टा भुतपुर्व सैनिक कल्याण संगठनका कर्मठ सदस्य सुकमान गुरुङको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा आयोजक लामाहट्टा भुतपुर्व सैनिक संगठन अनि सेवा समाजका सभापति-सचिवहरु, सम्मानित लेप्टीनेन्ट्का माता-पिता क्रमैले अञ्जुला गुरुङ अनि मनि कुमार गुरुङ, उनका बोजु, अनि धर्म पत्नी लगायत समाज अनि संगठनका सदष्यहरुको उपस्थितिमा लेप्टीनेन्ट मृणाल गुरुङलाई सम्बर्धना पत्रद्वारा सम्मान जनाईएको थियो।
यसका साथै पिता मनिकुमार गुरुङ, माता अञ्जुला गुरुङ, बोजु अनि धर्मपत्नीलाई पनि खदा, शीरशोभा, अङ्गवस्त्र आदिले सम्मान जनाइएको थियो।अवकाशप्राप्त अनरी कप्तान गणेश राईले उक्त सम्मान कार्यक्रमलाई सञ्चालन गर्दै सम्मानित लेप्टीनेन्ट मृणाल गुरुङको जीवनी, भारतीय सेनामा भर्ना भएका ती पलहरु, उनले पहिल्याएका पाईलाहरु अनि उनका संकल्पहरुलाई सरल अनि शुद्ध शैलीमा व्याखा गर्दै प्रकाश पारे।
सम्मान पश्चात् उपस्थित सेवा समाजका पदाधिकारीवर्ग, सदस्य-सदस्याहरु, भुतपुर्व सैनिक कल्याण संगठनका पदाधिकारी लगायत सदष्यहरु, परिवार आदिले पनि लेप्टीनेन्ट गुरुङलाई उनको उपलब्धी प्रति बधाई एवं शुभकामना व्यक्त गर्दै खदा लगाई दिए।
लेप्टीनेन्ट गुरुङ आफू सत्र वर्षको उमेरमा सेनामा भर्ना भएका थिए भन्दै आफुले गरेको संकल्पलाई आफुले कदापि नभुल्ने प्रतिबद्धता जाहेर गरे भने आउने युवाहरुलाई सेनामा भर्ना हुन् अघि आफुले मनन गर्न आवश्यक रहेको प्रष्ट पारे। उन्ले गरेको उपलब्धीप्रति समाजका मुख्य सल्लाहकार रमेश गुरुङ, सेवा समाजका सभानेत्री अनि सचिवा क्रमैले सुष्मिता गुरुङ, अनि सुष्मा राई, साथै भुतपुर्व सैनिक कल्याण संगठन ,लामाहट्टा युनिट्का महासचिव सचिन राणाले पनि लेप्टीनेन्ट गुरुङको उपलब्धिले लामाहट्टा मात्र नभएर सम्पुर्ण पहाड्का गोर्खाहरुको नाम उच्च राखेको महसुस गरेको बताए।
मृणाल बाहेक पनि यस् क्षेत्रबाट एकजना व्यक्ति लेप्टीनेन्ट बनेका थिए भनी कार्यक्रमका अध्यक्ष अवकाशप्राप्त हवल्दार सुकमान गुरुङले बताए।












