दार्जीलिङको बिजनबारीमा ऊसर भुमिको कारण कृषकहरु निराश 

Share this news

बिजनबारी,29 दिसम्बर(निसं): दार्जीलिङ पहाडी क्षेत्रको प्रमुख आय स्रोत विश्व प्रशिद्ध चियाबारी हो भने दार्जी म्लिन्ह महकुमा अन्तर्गत रहेको बिजनबारी शहर अनि ग्रामीण भेगको आयस्रोत तथा प्रमुख हो खेतिपाती हो। जसको माध्यमबाटक क्षेत्रका गाउँ बस्तीका मानिसहरुले जिविकापार्जन गर्ने गर्दछन्। यद्यपि, हालका केही वर्ष यता कृषि तथा खेतीको निम्ति प्रख्यात बिजनबारी क्षेत्रका ग्रामीण भेगमा खेतिपाती निक्कै कम्ती हुन थालेको जन गुनासो छ।क्षेत्रवासीको भनाइ अनुसार, खेतियोग्य जमिनहरु विस्तारै ऊसर भुमिमा परिणत हुदै गइरहेकोछ।  जसको कारण जगली जनावरहरु गाउँ गाउँमा बास बनाउन थालेका छन। जसमा मिर्ग, दुम्सी, बँदेल, बादर सँगै विभिन्न प्रकारको चराचुरुङ्गी सामेल छन, यस्तै केहि नरभक्षी जनावरहरु पनि हाल बिजनबारी भेगमा छ्यापछ्याप्ती छन। जगली जनावरले गाउँमै बास बनाएपछि  बारीमा लगाएको साग-सब्जीसंगै घरमा पालेको बाख्रा सुगुरसंँगै अन्य गृहपालित जनावरहरु जोगाउन किसानहरु हाल सङ्कटमा छन्। यसका साथमा बेला बखतमा त बालबालिकाहरुलाई समेत आक्रमण गर्न खोजिएको समेत गुनासोहरु आउने गर्दछ। यसबारेमा जानकारी गराउदै एक स्थानीयले जङ्गली जनावरको प्रकोपको कारण केहि सागसब्वी वाहेक पुरानो समय सरह आफुहरु चाहेर पनि खेतिपाती गर्न नसक्ने तर्क राख्छन्। यसको साथमा उनी यो सकटलाई हल गर्न सम्पुर्ण क्षेत्रवासी नै अघि आउदै खेतीयोग्य जमिनलाई सकेसम्म खेती लगाउन सकेमा यो सकट कमि हुनसक्ने तर्क अधि राख्छन्। अर्कोतिर यो सङ्कटको मुख्य कारण युवावर्गहरुमा खेतिप्रती आकर्षक नहुने तथा दार्जिलिङ क्षेत्रमा भएको कृषि विभागको फ्यातुलोपन भएको अर्को एक किसानको तर्क छ।  उनका अनुसार पहाडको भौगोलिक स्थितलाई हेर्दा मदेशको सरह उत्पादन हुन सक्दैन जसले खेतीको लगानीबाट आम्दानी त परै जावोस लगानी खर्च समेत उठ्दैन जसले ग्रामीण भेगका युवावर्गहरु खेतीतर्फ आकर्षक गर्न नै सकिएको छैन।यद्यपि यसलाई गम्भीरपुर्वक लिन नसके बिस्तारै अझै विकारल रुप लिने निराशा उनी व्यक्त गर्छन्।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ