उदय संघ घैयाबारीको स्वर्ण जयन्ती समारोह सम्पन्न

Share this news

तीनधारे , (निसं): खरसाङ खण्ड अन्तर्गत उदय संघ घैयाबारीको स्वर्ण जयन्ती समारोह सम्पन्न भएको छ। सन्‌‍ 1975 मा स्थापना भएको उदय संघ घैयाबारीको पचास वर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती समारोह नवनिर्मित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त स्वर्ण जयन्ती समारोह उदय संघ घैयाबारीकी सभापति अञ्जली लामाको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रुपमा पूर्व पार्षद आईएन प्रधान उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, नेताजी हाई स्कूलको प्रधान अध्यापक दिनेश प्रधान, एई एंव पूर्व सचिव सागर राई लगायत अन्यहरु उपस्थित रहेका थिए।

अतिथिहरुका बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा उदय संघ घैयाबारीको थिम गीत प्रस्तुत गरिएको थियो। यसको साथै कार्यक्रमको शुरुमा केक काटेर उदय संघ घैयाबारीको स्वर्ण जयन्ती पालन गरिएको छ। उक्त केक जमीनदाता पवित्र लामाको बाहुलीबाट काटिएको थियो।बुध्दम तामाङ र सरिता गुरुङले सञ्चालन गरेको स्वर्ण जयन्ती समारोहमा स्वागत सम्भाषण उदय संघ घैयाबारीको सचिव बिनोद तामाङले राखेका थिए। यस स्वर्ण जयन्ती समारोहमा घैयाबारी क्षेत्रका सातवटा समाज र संघ संस्थाहरुले गीत र नृत्यहरु प्रस्तुत गरेका थिए भने सबैलाई उदय संघ घैयाबारीको तर्फबाट सम्मान जनाइएको थियो। यसको साथै उदय संघ घैयाबारीको संस्थापक सदस्यहरुको स्मरण गरिएको थियो।

त्यसरी नै उदय संघ अन्तर्गत रहेका 12 जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान पनि जनाइएको छ। यसको साथै उदय संघ घैयाबारीको 50 जना पुरानो चेलीहरुलाई पनि संघको तर्फबाट सम्मान जनाइएको छ। यसै कार्यक्रममा उदयमान गायक मोहित भुजेललाई पनि सम्मान जनाइएको थियो। यसै कार्यक्रममा घैयाबारीको लोवर गैरी गाउँ समाजको तर्फबाट उदय संघ घैयाबारीलसई स्वर्ण जयन्तीको शुभकामना व्यक्त गर्दै सम्मान पनि जनाइएको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरू र शास्त्रीय नृत्य साथै गीतहरु पनि प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा उदयमान गायक मोहित भुजेलले चारवटा गीतहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित दागोपाप कालका पार्षद आईएन प्रधानले सम्भाषण राखेका थिए। कार्यक्रममा उपस्थित अतिथिहरुलाई संघको तर्फबाट सम्मान जनाइएको थियो।

उदय संघ घैयाबारीको स्वर्ण जयन्ती समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पूर्व सचिव सागर राई, पूर्व सभापति सुरज तामाङ र वर्तमान सचिव बिनोद तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ