Union Minister Pralhad Joshi tours different parts of the district.
Union Minister Pralhad Joshi tours different parts of the district.

केन्द्रीय मन्त्री प्रल्हाद जोशीद्वारा जिल्लाको विभिन्न क्षेत्र भ्रमण

Share this news

भारत सरकारका उपभोक्ता मामिला, खाद्य र जनसञ्‍चालन तथा नव र नवीकरणीय ऊर्जा केन्द्रीय मन्त्री प्रल्हाद जोशी सिक्किमको गान्तोक जिल्लामा पर्ने सोमगो ताल र नाथुला पासको आफ्नो आधिकारिक रुपमा आइतबार भ्रमण गरे। नाथुला पासको भ्रमणको क्रममा, मन्त्रीलाई पासको ऐतिहासिक र रणनीतिक महत्त्वबारे सेना अधिकारीहरूले जानकारी दिएका थिए, जसमा नाथुला पाससँग सम्बन्धित महत्वपूर्ण घटनाहरू र भारत तथा चीनबीच भएका विभिन्न सम्झौता समावेश छन्। सेना अधिकारीहरूले उनलाई उच्च-उचाइ भएको क्षेत्रमा सीमा सुरक्षा गर्न भारतीय सेनाको भूमिका र जिम्मेवारीबारे पनि जानकारी दिए।
केन्द्रीय मन्त्रीले नाथुला पासमा तैनाथ सैनिकसँग अन्तरक्रिया गरे अनि चुनौतीपूर्ण मौसमीय परिस्थितिहरूमा उनीहरूको समर्पण र सेवाको प्रशंसा गरे। उनले जिल्लाको प्रमुख पर्यटक गन्तव्य सोमगो ताल पनि भ्रमण गरे अनि यसको प्राकृतिक सौन्दर्यता र पर्यटन सम्भावनाको विश्लेषण गरे। आफ्नो तालिका अनुसार, मन्त्रीले कुपुप नजिकको पुरानो बाबा मन्दिर भ्रमण गरे, जहाँ उनले श्रद्धान्जली अर्पण गरे अनि प्रार्थना गरे।
केन्द्रीय मन्त्रीसँग लायसन अफिसर-कम-सहायक निर्देशक, खाद्य तथा नागरीक आपूर्ति विभाग, गंगटोक, सरत तामाङ र भारतीय खाद्य निगमका वरिष्ठ अधिकारी तथा सम्बन्धित लाइन विभागका अधिकारीहरू उपस्थित थिए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ