राष्ट्रिय राजमार्गमा बङ्गलादेशको झण्डा

Share this news

खरसाङ,  (निसं)ः खरसाङ्को मोटर स्ट्याण्ड नजिक राष्ट्रिय राजमार्ग 110 मा बङ्गलादेशको राष्ट्रिय झण्डा ओछ्याइयो। सड़कमा ओछ्याइएको यो झण्डाको बारेमा मानिसहरूले विभिन्न प्रतिक्रिया गरिरहेका थिए। कतिपय मानिसहरूले त्यहाँ लगाइएको बङ्गलादेशको झण्डालाई अर्को कुनै जिनिस ठानेर अदेखा गरिरहेका थिए भने कतिपयले झण्डा देखेर आश्चर्च प्रकट गरिरहेका थिए। सड़कमा ओछ्याइएको झण्डा देखेर कतिपय गाड़ी चालकहरूले गाड़ी रोकेर राम्ररी हेरिरहेको अथवा उक्त झण्डालाई गाड़ीले कुल्चिएर पार गर्नलाई हिचकिचाएको पनि देखियो। बङ्लादेखमा हिन्दुहरूमाथि भएको अत्यचारको विरोध गर्दै विश्व हिन्दु परिषदले शनिवार खरसाङ्मा एउटा विरोध ऱ्यालीको आयोजना गरेको थियो। उक्त ऱ्यालीपछि विश्व हिन्दु परिषदका सदस्यहरूले बङ्गलादेशको राष्ट्रिय झण्डा यसरी सड़कमा ओछ्याएको हो। दिउँसो सड़कमा ओछ्याइएको बङ्गलादेशो राष्ट्रिय झण्डा साँझसम्म यथावत रहेको थियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ