गोर्खा जनपुस्तकालयको आयोजनामा गिरी जयन्ती समारोह सम्पन्न

Share this news

खरसाङ, (निसं): गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा गिरी जयन्ती समारोह सम्पन्न भएको छ। खरसाङ्को पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको जातीय कवि अगमसिंह गिरीको 99 औँ जन्मजयन्ती समारोह श्रध्दाञ्जली कार्यक्रमको रुपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रमको अध्यक्षता पुस्तकालयको उपाध्यक्ष कृष्ण पाण्डेले गरेका थिए भने प्रमुख अतिथिको रुपमा पुस्तकालयको पूर्व सभापति एवं वरिष्ठ समाजसेवी तिलक शर्मा उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ साहित्यकार, समाजसेवी तथा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामा उपस्थित रहेका थिए।

पुस्तकालयको मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेको कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अन्यहरुका बाहुलीबाट जातीय कवि अगमसिंह गिरीको सालिगमा धुप दीप प्रज्ज्वलन साथै माल्यार्पण गरेर श्रध्दाञ्जली अर्पण गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि तिलक शर्माले गोर्खा जातीय विभूति उद्यानमा रहेको कवि गिरीको सालिग स्थापना विषयमा साथै शिलान्यास र अनावरण विषयमा बताए। कार्यक्रममा सभाध्यक्ष कृष्ण पाण्डेले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्‌‍। यसपाली पुस्तकालयको आयोजनामा कवि गिरीको श्रध्दाञ्जली अर्पण कार्यक्रम मात्र आयोजना गरिएको र आगामी वर्ष कवि गिरीको शतवार्षिकी समारोह भव्य रुपमा आयोजना गरिने भएको छ।

खरसाङ्मा आयोजित गिरी जयन्ती कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पुस्तकालयको सचिव विनोद रसाइलीले सबैलाई गिरी जयन्तीको शुभकामना दिन्दै यसपाली गिरी जयन्ती श्रध्दाञ्जली अर्पण कार्यक्रमको रुपमा आयोजना गरिएको र आगामी वर्ष गोर्खा जनपुस्तकालय खरसाङ्को आयोजनामा कवि गिरीको जन्म शतवार्षिकी समारोह भव्य रुपमा आयोजना गरिने जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ