असीत राई साहित्यिक मञ्चले अगमसिंह गिरी जयन्ती पालन गऱ्यो

Share this news

खरसाङ, (निसं)ः असीत राई साहित्यिक मञ्चले अगमसिंह गिरी जयन्ती पालन गऱ्यो। खरसाङको ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा सम्पन्न भएको यस कार्यक्रमको अध्यक्ष मञ्चका अध्यक्ष ऋषि राईले गरेका थिए। जातीय कवि अगमसिंह गिरीको तस्वीरमा धुप-दीप प्रज्जवलन गरी खदा-माला अर्पण गरेर कार्यक्रमको आरम्भ गरिएको थियो। यसै अवसरमा असीत राई साहित्यिक मञ्चको 14 औँ साहित्यिक प्रकरण पनि सम्पन्न भयो।

कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष ऋषि राईले अगमसिंह गिरी एक जातीय कवि रहेको बताए। राईले भने, अगमसिंह गिरीले पश्चिमी, हिन्दी, बंगला साहित्यको अध्ययन गरेका थिए। तिनी आफ्नो जातिको निम्ति सोच्ने, आफ्नै खोला-नाला, छाप्रोको कुरा गर्ने कवि थिए। अगमसिंह गिरीको युद्ध र योद्धाले धेरै प्रसिद्धि पाएको थियो, यसै कृतिबाट गिरीको ख्याति नेपाली साहित्य जगतमा प्रगाढ़ बनेको थियो। तिनले आफ्नो कृतिमा अरुको देशको निम्ति, अरुकै सुरक्षाको निम्ति, अरुको देश निर्माणको निम्ति काम गऱ्यौँ आफ्ने निम्ति पनि गर्नु पर्ने समय आएको छ भनी सन्देश दिएका छन्‌‍। गिरीको जलेको प्रतिविम्ब रोएको प्रतिध्वनी पनि त्यतिकै चाखलाग्दो र ख्याति कमाएको कृति हो। गिरीले स्व अस्तित्वको निम्ति जातिलाई प्रेरणा प्रदान गरेका छन्‌‍। गोरामुमोका नेता सुवास घिसिङ अगमसिंह गिरीबाट प्रेरित थिए। तिनले अगमसिंह गिरीबाट प्रेरणा प्राप्त गरेर नै छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन स्व अस्तित्वको निम्ति छेड़ेका थिए। ऋषि राईले लेखक साहित्यकारहरूले विगतमा घटित घटनाहरूको बारेमा लेख्ने गरेका तर भोलिको दिनमा के हुन्छ, के गर्न पर्ने भन्ने बारेमा पनि लेख्न पर्ने आवश्यकता रहेको बताए।

मञ्चका सचिव दीपक ठटाल जलनले आफ्नो वक्तव्य राख्दै अगमसिंह गिरीको विचारहरू आत्मसात गर्नु, गिरी जयन्ती पालन गर्नु हाम्रो धर्म, कर्म र कर्तव्य हो भने। तिनले भने, आज हामीले सानो रुपमा भए पनि अगमसिंह गिरी जयन्ती पालन गरेका छौँ। यो हाम्रो धर्म, कर्म र कर्तव्य हो। आगामी मार्च अप्रेल महिनामा हामी ठूलो कार्यक्रमको आयोजना गर्ने विचारमा छौँ। हामीले मञ्चको स्थापना कालदेखिनै ओझेलमा परेका वा ओझेलमा पर्न लागेका साहित्यकार, कवि, लेखक, समाज सेवकहरूलाई प्राथमिकता दिँदै तिनीहरूले साहित्य, समाज, क्षेत्रको निम्ति दिएका योगदानलाई जनमानस समक्ष ल्याउने प्रयास गरिरहेका छौँ। यस उद्देश्यले हामीले विभिन्न कार्यक्रमहरू पनि गरिसकेका छौँ। आगामी दिनमा पनि यही उद्देश्यका साथमा कार्य गर्दै जानेछौँ।

यस अवसरमा साहित्य सङ्गमको 14 औँ प्रकरण अन्तर्गत रचना अनाकार, रचिता छेत्री, सम्भू कुमार राई, इन्द्र प्रकाश छेत्रीले कवि गिरीका कविता अनि स्वरचित कविता वाचन गरेका थिए भने दीपक ठटाल जलनले कवि गिरीको कविता अंग्रेजी भाषामा अनुवाद गरेर सुनाएका थिए अनि स्वरचित गजल सुनाएका थिए।

Share this news
आजको रोजाइ
प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

आजको रोजाइ