बंगलादेशमा हिन्दु समुदायप्रति भइरहेको अत्याचारको विरोधमा खरसाङमा विश्व हिन्दु परिषद्को ऱ्याली

Share this news

खरसाङ, (मोहन प्रसाद): बंगलादेशमा हिन्दु समुदायका मानिसहरूप्रति भइरहेको अत्याचार अनि अमानवीय घटनाहरूको विरोधमा शनिवार खरसाङ बजारमा विश्व हिन्दु परिषद्को खरसाङ शाखाले एउटा विरोध ऱ्यालीको आयोजना गऱ्यो। यस विरोध कार्यक्रममा बंगलादेशका कार्यवाहक प्रधानमन्त्री मोहम्मद युनुसको पुत्ला पनि जलाइयो।

खरसाङ मोटर स्ट्याण्डबाट शुरू भएको उक्त विरोध ऱ्यालीमा हिन्दु धर्मका पण्डित, पुजारी, सनातनी धर्मका अनुयायी, भाजपाका कतिपय कार्यकर्ता, कतिपय व्यवसायीहरू साथै साधारण मानिसहरू सामेल रहेका थिए। ऱ्यालीमा सामेल भएकाहरूले बंगलादेशमा भइरहेको अमानवीय घटनाको विरोध गरिरहेका थिए, विरोधमा नराहरूको साथै जय श्रीरामको नारा लगाइरहेका थिए। यस अवधि, विश्व हिन्दु परिषद्का प्रान्त सम्पादक तथा प्रान्त सचिव, लक्ष्मण बन्सल, विश्व हिन्दु परिषद्‌‍ दार्जीलिङ जिल्ला सचिव आचार्य परमेश्वर कृष्ण दास, स्वयं सेवक राजेन शर्मा सुवेदी, खरसाङ क्षेत्रका वरिष्ठ पुजारी पुरुषोत्तम अधिकारी, पण्डित केशव मिश्र, बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छे अनि अन्यन्याहरूको उपस्थिति थियो ।

यस अवधि, आफ्नो सम्बोधनमा यी वक्ताहरूले बंगलादेशमा भइरहेको घटनाको घोर निन्दा गरे साथै अब सबै सनातनीहरू एक भएर हिन्दुहरूमाथि भइरहेको अत्याचारको विरुद्धमा उभिन पर्ने बताए। यस समय लड्न पर्ने समय आएको पनि वक्ताहरूले बताए। तिनीहरूले बताए अनुसार, बंगलादेशमा कट्टरपन्थी जेहादीहरूले दिपु चन्द्र दासलाई मात्र मारेनन्‌‍ तर त्यहाँ रहेका अन्य धेरै हिन्दु परिवारहरूलाई विभिन्न प्रकारले यातना, अत्याचार, बलात्कार अनि हत्या गरिरहेको छन्‌‍। विश्व हिन्दु परिषद्द्वारा देश भरिनै हिन्दुहरूमाथि भइरहेको अत्याचारको विरुद्धमा विरोध ऱ्यालीको आयोजना भइरहेको छ। हिन्दु वा सनातनीहरूद्वारा भइरहेको विरोधको कारण नै आज बंगलादेशको भिजा सेन्टरहरू बन्द गरिएको छ भने।

पश्चिम बंगालका वर्तमान सरकारले भोटको राजनीतिक लाभ उठाउनको निम्ति यस्ता जेहादीहरूलाई राज्यमा प्रवेश गर्न दिइरहेको छ साथै अश्रय पनि दिइरहेको छ भनी आरोप लगाउदै अब विश्व भरिका हिन्दुहरू वा सनातनीहरू उठ्ने समय आएको छ भनी वक्ताहरूले बताए। बंगलादेशको घटनाको विरुद्धमा सबै एक भएर केन्द्र सरकारको ध्यान आकर्षण गराउँदै विश्वको अन्य देशहरूमाथि दबाव बढ़ाएर बंगलादेशको यस्तो अमानवीय कार्यको विरुद्धमा विश्वलाई अघि ल्याउन पर्ने अनि खड़ा गर्नु पर्ने समय आएको तिनीहरूले बताए। यस बाहेक विश्व हिन्दु परिषद्का प्रतिनिधिहरूले यस्ता जेहादी समुदायका मानिसहरूसित कुनै प्रकारको सम्पर्क नराख्ने अपिल पनि गरे । विश्वलाई नै शिक्षा दिने अनि विश्वको गुरु नै हिन्दु धर्म रहेको वक्ताहरूले बताए ।

यस अवधि आफ्नो सम्बोधनमा, विश्व हिन्दु परिषद्‌‍ जिल्ला सचिव आचार्य परमेश्वर कृष्ण दासले बताए अनुसार, गोर्खा भनेको असल हिन्दु हो, हामीले जातपात छोड़ेर सबै हिन्दु एक भएर कार्य गर्नु पर्छ। स्कन्द पुराणमा गौमाताको रक्षा गर्ने, गुरु गोरखनाथको शिष्यहरूलाई गोर्खा हुन्‌‍ भनिएको छ। यसैले गोर्खा शब्द हिन्दु हो, हिन्दुहरू गोर्खा हो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ