अनित थापाले घैयाबारीस्थित उदय संघ सार्वजनिक भवनको उदघाटन गरे

Share this news

तीनधारे , (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले खरसाङको घैयाबारीस्थित उदय संघ सार्वजनिक भवनको उदघाटन गरेका छन्‌‍। जीटीए प्रमुख अनित थापा आज घैयाबारी पुग्दा स्थानीयहरुले स्वागत जनाएका थिए। सिँचाई विभागबाट लगभग 70 लाख रुपियाँको खर्चमा घैयाबारीको उदय संघ सार्वजनिक भवनको उदघाटन जीटीए प्रमुख अनित थापाको विशेष उपस्थितिमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले रिबन काटेर उदघाटन गरेका छन्‌‍। उक्त सार्वजनिक भवनको उदघाटन समारोहको अध्यक्षता उदय संघ घैयाबारीको वरिष्ठ सदस्य एवं भूतपूर्व सैनिक सुरज तामाङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीएका मुख्य कार्यपाल अनित थापा उपस्थित रहेका थिए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण क्षेत्रीय सभासद नवराज छेत्रीले राखेका थिए। उक्त कार्यक्रममा घैयाबारीको उदय संघ सार्वजनिक भवनको लागि स्थानीयहरुले जीटीए प्रमुख अनित थापालाई सम्बर्ध्दना जनाएका छन्‌‍। यसावधि उनलाई खदार्पणसहित शल ओढाएर साथै सम्वर्ध्दना पत्र प्रदान गरेर सम्वर्ध्दना जनाइएको छ। यस अवसरमा सम्वर्ध्दना पत्र शिक्षक दिनेश प्रधानले पठन गरेका थिए। यस अवसरमा उदय संघको तर्फबाट सभापति अञ्जली लामा, उप सभापति सरिता गुरुङ र सचिव बिनोद तामाङ आदिको बाहुलीबाट जीटीए प्रमुख अनित थापालाई सम्वर्ध्दना जनाइएको छ। कार्यक्रममा उदय संघको तर्फबाट सचिव विनोद तामाङले वक्तव्य राख्दै जीटीए प्रमुख अनित थापालाई सार्वजनिक भवनको लागि विशेष धन्यवाद दिएका छन्‌‍। कार्यक्रममा नानीहरुले सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरेका थिए। 1975 सालमा स्थापना भएको घैयाबारीको उदय संघको सार्वजनिक भवन नभएकोले स्थानीयहरुलाई धेरै असुविधा भईरहेको थियो। अहिले आएर सार्वजनिक भवन निर्माण भएर उदघाटन गरिएकोले सबैलाई सुविधा हुने भएको छ। उदय संघको तर्फबाट सबैले जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्‌‍। यस सार्वजनिक भवन उदघाटन कार्यक्रममा सभासद ढेण्डिप पाख्रिन, घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, पञ्चायत समिति सदस्य दावा वाङ्दी लामा र कुसुम तामाङ, भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। यस सार्वजनिक भवनको उदघाटन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै उदय संघ घैयाबारीको उप सभापति सरिता गुरुङ र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ