दार्जीलिङ,28 दिसम्बर(निसं):दार्जीलिङ शहर नजिक पर्यटन स्थल रक गार्डन्,बरबटे बस्तीको गोर्खा युवा कल्याण समाजको वार्षिक सभा साथै सम्बर्द्धना कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा सभापति जेके राई थिए। कार्यक्रमा प्रत्येक सदस्य-सदस्याहरुको उपस्थिति रहेका थियो। कार्यक्रममा सचिव सुशील सुब्बाबाट प्रतिवेदन पठन गरेर सुनाए, कोषाध्याक्ष माला राईबाट वर्षभरिको आय-व्यायको हिसाब सुनाए र यसै क्रममा स्टोरकिप्पर मनबहादुर मगरले समाजको भाडा-बर्तन अनि टेबल -चौकी इत्यादि सम्बन्धि जानकारी गराए । कार्यक्रमवीच गत 4 अक्टोबरमा गएको भल-पहिरोले क्षति पुराएको गाडीको सडकलाई समाजका सदस्य-सदस्याहरू द्वारा श्रमदान गरेर लगभग 35 फीट भित्तामा सुमेन्टले सुरक्षा व्यवस्था लगाउन सक्षम बनेका श्रमदाताहरु लगायत यस कार्यलाई अझ सफल पार्न ठुलो भुमिका निभाउनु हुने मनबहादुर मगर अनि अन्य 20 जना श्रमदाताहरू अनि चारवटा एसएचजी सहयोग, नव ज्योति, आकांक्षा, समृद्धिलाई आजको कार्यक्रममा सम्बर्द्धना जनाउँदै मायाको चिनो मुमेन्टो प्रदान गरे वापत आजका सभापतिले सम्पूर्ण उपस्थित सदस्य-सदस्या बर्गलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता राम्रा-राम्रा कार्यहरू गर्नु पर्ने सुझाव राख्दै सभालाई समाप्त गरे भनी समाजले जानकारी गराएका छन्।












