सिलगढ़ी, मालदा र कोचबिहारका होटलहरूमा बंगलादेशीहरूलाई प्रवेश निषेध !

Share this news

सिलगढ़ी, २७ दिसम्बर (निसं): पश्चिम बंगालका तीन जिल्लाका होटलहरूमा बंगलादेशी आगन्तुकहरूलाई प्रवेश निषेध गर्ने निर्णय लिइएको छ। उत्तर बंगालका तीन जिल्लाका होटल व्यवसायीहरूले बंगलादेशमा भारत सम्बन्धी घृणित टिप्पणी भइरहेको र त्यहाँ अल्पसंख्यकहरूमाथि भइरहेको अत्याचारको विरोधमा यस्तो निर्णय लिएका हुन्।

उनीहरूले यस सम्बन्धमा होटलहरूमा सूचना टाँसिरहेका छन्। केही होटल मालिकहरूको दाबी छ, एकातिर जहाँ बंगलादेशीहरूलाई भिसा जारी बन्द गर्ने निर्णय गरिएको छ, यस्तो अवस्थामा यदि कसैले कोही बंगलादेशी नागरिकलाई होटलमा बस्न अनुमति दिए तिनीहरूले समस्या भोग्नुपर्ने हुन सक्छ। धेरैजसो होटल मालिकहरू भन्छन् कि बंगलादेशमा भइरहेको हिन्दु विरोधी गतिविधिको विरोध स्वरूप यस्तो अड़ान लिइएको हो।

बिहीवार होटलहरूको मालदाका ढोका बंगलादेशीहरूका लागि बन्द हुने खबर आएको थियो। अहिलेसम्म मेडिकल भिसा बा विद्यार्थी भिसामा पश्चिम बंगाल आउने धेरै बंगलादेशीहरू मालदाका होटलहरूमा बस्थे। तर त्यो देशको अवस्था देखेर मालदा होटल मालिक संघका अध्यक्ष कृष्णेन्दु चौधरीले भने, अबउसो कुनै पनि बंगलादेशी आगन्तुकलाई जिल्लाका होटलहरूमा बस्न दिइने छैन। उनले भने, त्यहाँ पासपोर्ट र भिसा जारी गर्न बन्द गरेको हुनाले हामीले पनि उनीहरूका लागि होटलहरूको ढोका बन्द गरेका हौं। तथापि हामी बंगलादेशको अवस्थाप्रति चिन्तित छौं। यसैबीच कोचबिहारका होटल व्यवसायीहरूले पनि यस्तै कुरा भनिरहेका छन्।

कोचबिहार होटल मालिक संघले भारत सरकारले बंगलादेशीहरूका लागि भिसा सेवाहरू बन्द गरेको उल्लेख गरेको छ। यसै सन्दर्भमा होटल मालिक संघले बंगलादेशीहरूका लागि आफ्ना सेवाहरू बन्द गर्ने निर्णय गरेको बताएको छ। शुक्रवार संगठनका अध्यक्ष भूषण सिंहले भने, हाल बंगलादेशमा भइरहेका भारत विरोधी टिप्पणीहरू र हिन्दुहरूमाथि भइरहेको अत्याचारको विरोधमा हामी कोचबिहारका होटल मालिकहरूले कुनै पनि बंगलादेशी नागरिकलाई होटल बुक गर्न अनुमति नदिने निर्णय गरेका छौं। हामीले संगठनमा छलफल गरेपछि यो निर्णय गरेका हौं। भित्तामा बंगलादेशीहरूलाई प्रवेश निषेध गरिएका सूचनाहरू टाँसिएका छन्।

स्मरणीय छ, नोभेम्बर २०२४ मा सिलगढ़ी होटल मालिक संघले निर्णय गरेको थियो कि बंगलादेशी नागरिकहरूलाई उनीहरूको क्षेत्राधिकार अन्तर्गतका होटलहरूमा ठाउँ दिइने छैन। यद्यपि, धेरै कारणहरूले गर्दा छुट दिइँदै आइएको थियो। उदाहरणका लागि, यदि उताबाट कोही चिकित्सा सम्बन्धी कारणले यस राज्यमा आए भने उनीहरूले होटलमा ठाउँ पाउँथे। त्यसबाहेक, विद्यार्थीहरू पनि बस्न सक्थे। तर अबउसो कसैलाई पनि राखिने छैन । सिलगढ़ी होटल मालिक संघका सह-सचिव उज्ज्वल घोषले भने, भारत सरकारले बंगलादेशका विभिन्न भिसा केन्द्रहरू अनिश्चितकालका लागि बन्द गरेको छ। त्यस्तै, हामीले पनि सर्वसम्मतिले बंगलादेशीहरूको प्रवेशमा प्रतिबन्ध लगाएका हौं।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ