बिहीवारे हाटमा न्यानो लुग धेरै बिक्री

Share this news

खरसाङ,  (निसं): खरसाङ बिहीवारे हाटमा यस पल्ट पनि न्यानो लुगा खरिद गर्नेहरू निकै देखिए। बिहीवारे हाटमा आएका मानिसहरूले नयाँ, पुरानो न्यानो लुगा खरिद गरिरहेका थिए। यहाँको पार्क लोकेशनमा लागेको बिहीवारे हाट अनि बजार क्षेत्रमा लागेको बिहीवारे हाटमा निकै संख्यामा मानिसिहरू आएका थिए भने हाट आउनेहरू मध्ये धेरैले न्यानो लुगा छानिरहेका थिए अथवा खरिद गरिरहेका थिए।

सिलगढ़ीबाट बिहीवारे हाटमा लुगा बिक्री गर्न आएका एक बिक्रेताले यस पल्ट पनि विगतको हाट जस्तै मानिसहरूले न्यानो लुगा खरिद गरेको बताउदै तथापि क्रिशमसले गर्दा विगतको भन्दा ग्राहकहरूको संख्या केही कम लागेको बताए। बिहीवारे हाटमा पसल थापेर बसेका स्थानीय एक बिक्रेताले विगतका हाटहरू जस्तै यस पल्ट पनि मानिसहरूले हाटमा न्यानो लुगा खरिद गरेको बताए। जाड़ो महिना लागेपछि न्यानो लुगाको बिक्री बढ़ेको बताउदै प्रत्येक बिहीवारे हाटमा न्यानो लुका बिक्री राम्रो भइरहेको र न्यानो लुगाको बिक्री जनवरी महिनासम्म रहने पनि तिनले बताए।

स्मरण गराइन्छ खरसाङ्का नियमित दोकानहरू बिहीवारको दिन बन्द गर्ने नियम छ। बिहीवार शहरका दोकानहरू बन्द रहेको अवस्थामा सिलगढ़ी अनि खरसाङ्का स्थानीय व्यापारीहरूले बन्द दोकानको अघिल्तिर आफ्नो पसल फिँजाउने गर्छन्‌‍। विगत केही समय यता बिहीवारे हाट मुख्य बजार क्षेत्रमा मात्र नलागेर पार्क लोकेशनस्थित सार्वजनिक शौचालयको छत अनि वरिपरिको स्थानमा पनि लाग्ने गरेको छ। बजार क्षेत्रमा अधिकतर स्थानीय व्यापारीहरूले पसल फिँजाउने गरेका छन्‌‍ भने पार्क लोकेशनमा लाग्ने हाटमा अधिकतर सिलगढ़ीका व्यापारीहरूले पसल फिँजाउने गरेका छन्‌‍। यो जाड़ोको मौसमममा नयाँ अनि पुरानो न्यानो लुगा हाटमा सस्तो मूल्यमा पाइने भएकोले धेरै मानिसहरूले बिहीवारे हाटमा न्यानो लुगा खरिद गरिरहेका छन्‌‍। खरसाङ्मा केही दिनदेखि ताममान घटेको छ भने दिउँसो पनि समय-समयमा घाम बादलले छल्ने गरेकोले जाड़ो अझ बढ़ेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ