खरसाङमा क्रिशमस हर्षोल्लासको साथमा पालन

Share this news

खरसाङ, (निसं): खरसाङ्मा क्रिशमस हर्षोल्लासको साथमा पालन गरियो। क्रिशमसको अवसरमा यहाँको सन्त पावल गिर्जा घर, सन्त एड्य्रु गिर्जा घर, सन्त मेरिजको सन्त जोहन गिर्जा घर, हिमालय फ्री चर्च, न्यूलाईट चर्च अनि अन्यान्य गिर्जा घरहरूमा बुधवार रातिदेखिनै प्रार्थना सभाहरू सम्पन्न भइरहेको थियो। खरसाङ्का यी गिर्जा घरहरूमा बुधवार अधिक रातिसम्म क्रिशमकको कार्यहरू सम्पन्न भएको जानकारी प्राप्त छ। खरसाङ्का इसाईहरूले आ-आफ्नो घरमा पनि क्रिशमस पालन गरिरहेका छन्‌‍।

खरसाङ्का इसाईहरूले अघिबाट नै आफ्नो घर साफ-सफाई गरेर, रंग लगाएर, रंग-विरंगको बिजुली बत्ती लगाएर, तारा झुण्डाएर सिँगार्ने कार्य गरेका छन्‌‍। क्रिशमको अवसरमा खरसाङ्का कतिपय इसाईहरूले आफन्त, साथी-भाई, शुभचिन्तकहरूको घरमा गएर क्रिशमसको शुभकामना अनि उपहार प्रदान गरेको पनि देखिएको छ। क्रिशमसको अवसरमा इसाईहरूले आफ्नो घरमा तयार पारेका मिठो खानेकुरो छिमेकीहरूमा वितरण गरेको पनि देखिएको छ। खरसाङ्को डुमाराम बस्ती, कटलेरी पाखा अनि टेकवीर बस्तीमा इसाई युवा झुण्डहरूले क्यारोल खेलेको पनि देखिएको छ। डुमाराम बस्तीकी एक इसाई महिलाले दिसम्बरको पहिलो हप्तादेखि क्रिशमसको तयारी आरम्भ भएको, अब यो कार्यक्रम अझ 6 दिनसम्म चल्ने बताइन्‌‍।

क्रिशमस पर्व इसाई धर्मावलम्बीहरूले मात्र पालन गर्दैनन्‌‍। खरसाङमा क्रिशमसको अवसरमा अन्य धर्मका मानिसहरूले पनि हर्ष मनाउने गरेका छन्‌‍। बिहीवार क्रिशमसको अवसरमा विभिन्न धर्म सम्प्रदायका मानिसहरूले एक-अर्कालाई क्रिशमसको शुभकामना दिए। सामाजिक सञ्जालहरूमा बिहानैदेखि क्रिशमसको शुभकामनाको नोटिफिकेसन घण्टी मानिसहरूको मोबाइलमा बजिरहेको थियो। क्रिशमसको अवसरमा खरसाङका कतिपय मानिसहरू घुम्न गएको पनि थाहा लागेको छ। कतिपय युवा-युवतीहरूले आफ्नो साथी-भाई, प्रियजन, शुभचिन्तक र शिक्षकहरूलाई क्रिशमसको शुभकामना दिँदै उपहार प्रदान गरेको पनि बताएका छन्‌‍। क्रिशमसको अवसरमा खरसाङ्को विभिन्न उपहार दोकान, केक दोकानहरू असल ढङ्गमा सजाइएको छ भने खरसाङ्को रेल स्टेशनलाई पनि क्रिशमसको अवसरमा रंग-बिरंका बिजुली बत्ती अनि पशु-पक्षीका प्रतिकृतिहरूले सजाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ