मिरिकमा ख्रीष्ट जन्मोत्सव क्रिसमस पर्व हर्षाेल्लासकाे साथ पालन

Share this news

बिहीबार मिरिकमा हर्षाेल्सासकाे साथमा प्रभु यशु ख्रीष्टकाे जन्माेत्सव क्रिसमस पर्व पालन गरिेएको थियाे। यहाँकाे विभिन्न चर्चहरूमा क्रिसमस पर्व भब्यरूपमा पालन गरिएकाे देखिएको थियाे। गत वर्ष झैं यसवर्ष पनि मिरिक गुड न्युज ब्यापटिज चर्चमा चर्चका प्रमुख रेभरेन्ड एन. जाेशुवा शर्माकाे अगुवाइमा क्रिसमस पर्व हर्षाेल्सासकाे साथमा पालन गरिएको थियाे। डिकन डानियल राईले प्रभु यशुकाे प्रार्थनाबाट शुरू भएकाे कार्यक्रममा रेभरेन एन जाेशुवा शर्माले प्रभु यशुकाे जिवनी र क्रिसमस पर्वबारे विस्तृत जानकारी गराएका थिए। यस अवसरमा क्षेत्रका धेरै इसाई समुदायका मानिसहरू उपस्थित थिए।प्रभु यशु जन्माेत्सवमा केक काटेपछि शुरू भएकाे कार्यक्रममा विभिन्न मण्डलीबाट गीत, नृत्य आदि पनि प्रस्तुत गरियाे। मिरिककाे अन्य चर्चहरूमा पनि क्रिसमस पर्व पालन गरिएकाे जानकारी प्राप्त भएकाे छ भने क्याराेल खेल्ने कार्यक्रम पनि जारी रहेकाे छ। रेभरेन्ड एन. जाेशुवा शर्माले मिरिककाे सबै चर्चहरूमा बिहीबार क्रिसमसपर्व हर्षाेल्लासकाे साथमा पालन गरिएकाे जानकारी गराँउदै सबैलाई क्रिसमस पर्वकाे शुभकामना दिएका थिए। तिनले यसवर्ष दिन घमाइलाे भएकाेले भब्यताकाे साथ सांगीतिक कार्यक्रमहरू आयाेजना गरेर प्रभु यशुकाे श्रद्धा अनि भक्तिकाे साथ आरधना गरिएकाे जानकारी गराँउदै यसबर्ष चर्चमा व्यापक इसाई लगायत अन्य समुदायका मानिसहरू भेला भएर एकता अनि बन्धुत्वकाे संन्देश पनि प्रवाह गरिएकाे बताए। तिनले कार्यक्रममा वयोवृद्धहरूलाई सम्मान गरियाे भन्दै चर्चले प्रत्येक बर्ष नै वयोवृद्धहरूलाई सम्मान जनाउने कार्य गरेकाे बताए। तिनले यशुकाे वचन साथै क्रिसमस पर्व कसरी अर्थपूर्ण पालन गर्न सकिन्छ यसबारे पनि विस्तृत जानकारी गराए। कार्यक्रममा एक अर्कामा क्रिसमसकाे शुभकामना साथै उपहार आदन प्रदान पनि गरिएको थियाे।

यता क्रिसमस पर्वलाई ध्यानमा राखेर मिरिक पर्यटन केन्द्रमा पर्यटकहरूकाे चहल पहल पनि आज अधिक देखिएको थियाे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ