तक्लिंग-पेशोक विभिन्न गिर्जा घरहरुमा बडा दिन पालन 

Share this news

पेशोक:26 डिसेम्बर(निसं): बिहिबार  पेशोक चियाबारीको गिर्जा घर हिमालय क्रुसेड पेन्टीकोस्टल चर्चमा मुक्तिदाता परम प्रभु परमेश्वर येशु ख्रीष्टको जन्म दिन अर्थात बडा दिन भव्यताको साथ पालन गरिएको छ। हरेक बर्ष पालन गरिने बड़ा दिन कार्यक्रमको सुअवसरमा चर्चा अधीनस्थ सम्पूर्ण विश्वासीहरु लगायत ईसाई अगुवाजन साथै अन्य अईसाई समुदायका व्यक्ति विशेषहरुको पनि उपस्थिति हुने गरिएको उक्त कार्यक्रममा आज पनि विश्वासीजनको साथमा अइसाईजनको उपस्थिति रहेको थियो।
हिमालय क्रुसेड पेन्टीकोस्ट्ल चर्च  मंडली सचिव फिलिप तामाङले स्वागत वा शुरुको प्रार्थना गरेको आजको विशेष बड़ादिनको कार्यक्रमलाई विकास राईले सञ्चालन गरेका थिए भने एचसीपीसी-का युवा समूहद्वारा क्याऱल गीतहरु,आराधना, विवेक घिमिरे एवं साथीहरुबाट भजन साथै सण्डे स्कूलका नानीहरुबाट सुन्दर प्रस्तुती गरिएको थियो। कार्यक्रमको अघिल्लो चरणमा चर्चाका पास्टर रोशन राईले क्रिसमस सन्देश प्रस्तुत गरे। बड़ा दिन वा क्रिशमसको केक शान थामी अनि धीरज राईको बाहुलीबाट काटियो। साथै ससाना नानीहरुलाई उपहार प्रदान गरिनुका साथै एल्डर एमबी गुरुङले अन्तिम प्रार्थना गरे भने पास्टरनी आमा मिक्सन राईले धन्यवाद ज्ञापन गरिन् ।
यसरी नै मंगवा पास्टोरेट-1 अन्तर्गत छोटा मङ्गवाको सीएनआई चर्चामा  पनि इसाई विधान अन्तर्गत बड़ा दिन भव्यताको साथ पालन गर्दै क्रिशमस केक काटेर पालन गरिएको सोनाम सादाले जनाएका छन ।  यसरी नै कोलबुङ, तक्लिङ; बड़ा मङ्गवा ,पेशोक एघार माईल अनि लामाहट्टाको प्रेस बेटरियन चर्च , पेशोक चपलेटी, लप्चू टुट्टीहट्टा, ग्लेनबर्न, टिस्टा बजार आदि स्थानहरुका गिर्जा घरहरुमा पनि भव्यताको साथ बड़ादिन वा क्रिशमस पालन गरिएको थाहा लागेको छl

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ