Bangladesh’s politics has heated up ahead of the elections.
Bangladesh’s politics has heated up ahead of the elections.

चुनावअघि बंगलादेशको राजनीति थप तातियो

Share this news

बंगलादेशमा आगामी आम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक तापक्रम चर्किँदै गएको छ। यसबीच, बंगलादेश नेशनलिस्ट पार्टी (BNP) का कार्यकारी अध्यक्ष तरिक रहमान १७ वर्षपछि आफ्ना परिवारसहित ढाका फर्किँदा राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। धेरै समर्थकले उनलाई अबको सम्भावित प्रधानमन्त्री भनेर हेर्न थालेका छन्।

तरिक रहमान लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएका थिए। उनीमाथि लागेका विभिन्न भ्रष्टाचारसम्बन्धी मुद्दाहरू पछि-पछि अदालतबाट खारेज भए, र त्यसपछि उनी पुनः सक्रिय रूपमा राजनीतिमा फर्किएका हुन्। ढाका फर्किएपछि आयोजित विशाल सभामा उनले आफूले बंगलादेशका लागि तयार पारेको योजनाबारे बोल्दै भने— बंगलादेश पहाडदेखि तराईसम्म, र सबै धर्म–सम्प्रदायका नागरिकको साझा देश हो, र देशको भविष्य समावेशी बनाउने छौं।

बितेका वर्षहरूमा तीनपटक सत्ता सम्हालेको बीएनपीले अबको निर्वाचनमा फेरि बलियो उपस्थितिको दावि गरिरहेको छ। तरिकको स्वदेश फिर्तीलाई पार्टीले उत्साहपूर्ण रूपमा स्वागत गरेको छ र यसले आगामी चुनावी समीकरणमा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

अर्कोतिर, अवामी लिग अहिले चुनावी प्रक्रियाबाट टाढा राखिएको अवस्थामा बीएनपीलाई थप अवसर मिलेको विश्लेषण गरिएको छ। पार्टीले संगठनभित्र एकता मजबुत गर्दै आगामी निर्वाचनमा अग्रणी शक्तिका रूपमा उभिन लक्ष्य तय गरेको छ।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ