बाँदरको कारण गाउँ-बस्तीमा खेती गर्न छोड़ियो

Share this news

खरसाङ,  (सुवास छेत्री)ः बाँदरहरूले बढ्दो उपद्रवको कारण अचेल ग्रामीण क्षेत्रका मानिसहरूले आफ्नो बारीमा सागसब्जी तथा अन्य फसलहरू लगाउन छोडेका छन्‌‍। आफ्नो घरको कोठेबारी होस्‌‍, अथवा सगसब्जी एवम्‌‍ फसल लगाउने बारी होस्‌‍, ती सबै बाँझो राख्न बाध्य छन्‌‍ धेरजसो कृषकहरू। सागसब्जी रोपेर जब खाने लायकको हुन्छ बाँदरहरू पसेर सबै खाइदिने तथा नोक्सान पुर्य़ाइदिने गरेकोले पनि अचेल मानिसहरू बारीमा फसल लगाउन चाहँदैनन्‌‍, जसको कारण बारी बाँझो बन्दै गइरहेछ। अचेल बारीमा सागसब्जी तथा अन्नको सट्टा झारहरू पलाउने गरेको छ। अन्न एवम्‌‍ सागसब्जी उमारेर यसबाट लाभ प्राप्त गर्नुभन्दा बरू बजारको बासी तथा क्यामिकल एवम्‌‍ विषाणुयुक्त सागसब्जी नै खानु रुचाउँछन्‌‍ उनीहरू। दुःख गरेर बारी खनजोत गरी फसल उमारेर खान तथा बेच्न लायकको बनाएपछि बाँदर पसेर सबै सखाप पारिदिने गरेकोले अचेल बारीलाई बाँझै छोडिदिने गरेको औ आफ्नो मेहनत खेरो जाने नदिएको बताउँछन्‌‍ मानिसहरू। बाँदरको उपद्रवलाई स्थायी रूपमा रोकथाम गर्ने उपाय नप्एपछि उनीहरूले सम्बन्धित विभागसँग गुहार लगाउँदै केवल शहरी क्षेत्रमा मात्र नभएर समय-समयमा ग्रामीण क्षेत्रहरूतिर पनि भ्रमण गरेर यस्ता जङ्गली जनावरहरूको उपद्रवलाई रोक्ने उपायहरू बताइदिने अनुरोध पनि गरेका छन्‌‍। तिनीहरू अनुसार बाँदरले तिनीहरूको बारीको फसल मात्र खाइदिने होइन तर मानिसहरूमाथि नै जाइलाग्ने सम्भावना रहेकोले हाल तिनीहरूले आफूलाई अनि आफ्ना नानीहरूलाई असुरक्षित अनुभव गरिरहेको पनि जनाएका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ