गोजमुमोबाट भागोप्रमोमा सामेल

Share this news

तीनधारे,  (निसं)ः तीनधारे महानदी समष्टिको जंगपाना चियाबारीमा दशजना गोर्खा जनमुक्ति मोर्चा समर्थक भागोप्रमोमा सामेल भएका छन्‌‍। जंगपाना चियाबारीको तल्लो गाउँमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा हेमकुमार देवानको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका सह सचिव रुम्तम गुरुङ, महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको उप सभापति सन्तोष गुरुङ लगायत अन्यहरु उपस्थित रहेका थिए।

यसै सभामा जंगपाना चियाबारीको दशजना गोजमुमोबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्‌‍। सामेल हुनेहरुलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ्को बाहुलीबाट पार्टीको झण्डा प्रदान गरेर साथै खदार्पणसहित पार्टीमा स्वागत गरिएको छ। गोजमुमोबाट भागोप्रमोमा सामेल हुनेहरुमा क्रमैले दिनेश गुरुङ, पवन गुरुङ, प्रवीण गुरुङ, मन्दिप देवान, अन्जिव देवान, सबिन देवान, सुदेश देवान, नरेन तामाङ, राजु गुरुङ, बिनोद तामाङ आदि रहेका छन्‌‍।


Share this news
आजको रोजाइ

विन्टर रिलिफ कार्यक्रममा न्यानो लुगा वितरण

रोहिणीमा सड़क निर्माणतको शिलान्यास

रोहिणीमा सड़क निर्माणतको शिलान्यास

बाँदरको कारण गाउँ-बस्तीमा खेती गर्न छोड़ियो

बाँदरको कारण गाउँ-बस्तीमा खेती गर्न छोड़ियो

अनित थापाद्वारा तीनधारे महानदी समष्टिका चर्चहरूमा केक वितरण

अनित थापाद्वारा तीनधारे महानदी समष्टिका चर्चहरूमा केक वितरण

गोजमुमोबाट भागोप्रमोमा सामेल

गोजमुमोबाट भागोप्रमोमा सामेल

खरसाङको आदिम नाम कुरसोङ- दवामित लेप्चा

खरसाङको आदिम नाम कुरसोङ- दवामित लेप्चा

दार्जीलिङ र तराईका ट्याक्सी चालक सङ्गठनहरूको विवादको असर खरसाङका ट्याक्सी सेण्डिकेटलाई परेन

दार्जीलिङ र तराईका ट्याक्सी चालक सङ्गठनहरूको विवादको असर खरसाङका ट्याक्सी सेण्डिकेटलाई परेन

रोहिणी रोड चाँड़ै खोलिने

रोहिणी रोड चाँड़ै खोलिने

सन्दर्भ : 313 के हुन्छ हजारौं विद्यार्थीको भविष्य?

सन्दर्भ : 313 के हुन्छ हजारौं विद्यार्थीको भविष्य?

मास्टर मित्रसेन थापा पुरस्कार अलङ्करण 29 दिसम्बरमा

मास्टर मित्रसेन थापा पुरस्कार अलङ्करण 29 दिसम्बरमा