दार्जीलिङ र तराईका ट्याक्सी चालक सङ्गठनहरूको विवादको असर खरसाङका ट्याक्सी सेण्डिकेटलाई परेन

Share this news

खरसाङ,  (निसं)ः दार्जीलिङ पहाड़ अनि तराईका ट्याक्सी चालक सङ्गठनहरूमाझमा भएको विवादको कारण तराईका ट्याक्सी चालक सङ्गठनहरूले दार्जीलिङ्का वाहनहरूलाई सिलगढ़ी, बागडोग्रा, एनजेपी अनि यी क्षेत्रका कुनै पनि होटल, रिसोर्टहरूबाट यात्री उठाउन नदिने घोषणा गरेको थियो। यो घोषणापछि पहाड़ र तराईका ट्याक्सी चालक सङ्गठनहरूमाझ विवाद बढ़ेर गएको छ। यो विवादलाई सुल्झाउनको निम्ति विभिन्न पक्षबाट प्रयास पनि चलिरहेको छ।

तथापि दार्जीलिङ अनि तराईका ट्याक्सी चालक सङ्गठनहरूमाझमा रहेको विवादको असर खरसाङ्का ट्याक्सी चालकहरूलाई भने रत्तीभर परेको छैन। खरसाङ्का ट्याक्सी चालकहरूले अघिको जस्तै प्रत्येक दिन खरसाङबाट यात्री अनि पर्यटकहरू लिएर सिलगढ़ी अनि तराईको अन्य स्थानमा गइरहेका छन्‌‍। तिनीहरूले सिलगढ़ीको सेण्डिकेटबाट पनि अघिको समयमा जस्तै यात्री अनि पर्यटकहरू लिएर आइरहेका छन्‌‍।

खरसाङको अनइम्प्लोइड ट्याक्सी सेण्डिकेटका अजित छेत्रीले बताए अनुसार दार्जीलिङ अनि तराईका ट्याक्सी चालक सङ्गठनहरूको विवाध र तिनीहरूले एकअर्का विरुद्ध गरेका घोषणाले खरसाङ्का चालकहरूलाई अहिलेसम्म कुनै समस्या भएको छैन। खरसाङ सेण्डिकेटबाट अघिको जस्तै प्रत्येक दिन गाड़ी सिलगढ़ी यात्री अनि पर्यटकहरूलाई लिएर झरिरहेका छन्‌‍, सिलगढ़ीबाट पनि अघिको जस्तै यात्री र पर्यटकहरूलाई लिएर खरसाङ आइरहेका छन्‌‍। दार्जीलिङ पहाड़ अनि तराईका ट्याक्सी सेण्डिकेटको विवाद अनि उठाइएका कदलहरूले खरसाङ्को ट्याक्सी सेण्डिकेटका गाड़ीहरूलाई रत्तीभर असर परेको छैन। तिनले यो विवाद दार्जीलिङ अनि तराईका ट्याक्सी चालक सङ्गठनहरूमाझ रहेको खरसाङ ट्याक्सी सेण्डिकेटको यस विषयमा कुनै संलग्नता नरहेको पनि बताए।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ