रोहिणी रोड चाँड़ै खोलिने

Share this news

खरसाङ,  (निसं)ः गत 4 अक्टोबरको रातिको ठूलो वर्षामा पैह्रो गएको रोहिणी रोडको मरम्मती कार्य सकिने अवस्थामा पुगेको छ। केही दिन भित्रमा नै रोहिणी रोडमा यान-वाहनको चलाचल शुरु हुने देखिएको छ। वर्तमानमा पैह्रो गएको स्थानमा पैह्रोको फेदबाट देवाल लगाएर सड़कसम्म ल्याइसकिएको छ। देवाल सड़कको स्तरमा आउनलाई लगभग 6-7 फिट मात्र बाँकी रहेको छ।

प्रत्येक दिन जस्तै बुधवार पनि पैह्रो गएको स्थानमा देवाल लगाउने कार्य गरियो भने यो कार्य रातिसम्म चल्ने त्यहाँ काम गरिरहेका श्रमिकहरूले बताए। वर्तमानमा यहाँ तारको जालीमा ढुंगाको देवाल लगाउने कार्य भइरहेको छ। त्यहाँ काम गरिरहेका श्रमिकहरूले पैह्रोमा देवाल लगाएर सड़क स्तरसम्म ल्याइपुऱ्याउन केही अझ 3-4 दिन लाग्न सक्ने बताउदै आगामी 1 जनवरीदेखि रोडमा गाड़ी चलाचल शुरु गर्नको निम्ति विभाग अनि ठेकादाले तय गरिसकेको बताए। श्रमिकहरूले बाटोम्म देवाल लगाएपछि गाड़ी चलाचल आरम्भ गरेर प्यारापेट लगाउने कार्य पछि गरिने पनि बताए।

गत 4 अक्टोबरको राति माथिल्लो सिरुबारी नजिक गौरी शंकर चिया बगान क्षेत्रमा रोहिणी रोडमा पैह्रो गएपछि वर्तमानसम्म यो रोड बन्द अवस्थामा रहेको छ। तथापि गौरी शंकर चिया बगानको गाउँ भएर लिङ्क रोडबाट विद्यार्थी बोक्ने, बिमारी बोक्ने, आपातकालिन सेवाका गाड़ी, दुई चक्के वहान, कतिपय निजी वाहनहरू चलिरहेका छन्‌‍। रोहिणी रोडमा यात्री वाहक अनि माल वाहक वाहनहरू चल्न छेड़ेपछि रोड किनारमा होटल सञ्चालन गर्नेहरू धेरै मर्कामा परेका छन्‌‍।

यस रोडमा यात्री वाहक वाहनहरू नचलेकोले सिरुबारी, रोहिणी अनि गैरी शंकरका मानिसहरू पनि समस्यामा पहेका छन्‌‍। यो रोडमा यात्री वाहक गाड़ी चल्दा कुनै पनि समयमा घरबाट निस्किएपछि तुरुन्तै गाड़ी पाउने गरेको रोड बन्द भएपछि समय तालिका अनुसार चल्ने गाउँको गाड़ीमा चड़दा निकै समयको नोक्सान भएको धेरैले बताएका छन्‌‍। गाड़ी रिजर्भ गरेर खरसाङ अनि अन्य स्थानमा जान परेको क्षेत्रका धेरै मानिसहरूले गुनासो पनि गरेका छन्‌‍। यो रोड बन्द भएपछि सिलगढ़ीबाट उकालो आउँदा राष्ट्रिय राजमार्ग 110 बाट आउन पर्ने भएकोले इन्धन अनि समय धेरै लाग्ने भएकोले समस्या भएको चालकहरूको गुनासो छ। आगामी 1 जनवरीदेखि रोहिणी रोडमा यान-वाहनको चलाचल अरम्भ भएपछि जनसाधरण, चालक, रोहिणी रोड किनारका होटल सञ्चालकहरूले ठूलो राहत पाउने छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ