मास्टर मित्रसेन थापा पुरस्कार अलङ्करण 29 दिसम्बरमा

Share this news

दार्जीलिङ,25 दिसम्बर(निसं): आगामी 29 दिसम्बरको दिन दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनमा सूचना एवं सांस्कृतिक विभाग, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन  साथै मास्टर मित्रसेन थापा साहित्य कला संस्थान, दार्जीलिङको संयुक्त आयोजनामा 230औं मास्टर मित्रसेन थापा जन्म दिवस एवं मास्टर मित्रसेन थापा पुरस्कार अलङ्करण समारोह गरिने विषयलाई लिएर मास्टर मित्रसेन थापा साहित्य कला संस्थानका अध्यक्ष अजयकुमार थापा, महासचिव अमिट थापा, सहसचिव पवन महिमा गुरुङ, कार्यकारिणी सदस्य सबिता थापा संकल्पको उपस्थितिमा दार्जीलिङ प्रेस गिल्डमा एक प्रेस भेलाको आयोजना गरियो। उक्त प्रेस भेलालाई सम्बोधनमा राख्दै महासचिव अमिट थापा अनि अध्यक्ष अजयकुमार थापाले आगामी 29 दिसम्बरको दिन सम्पन्न गरिने बताउँदै समारोह दुइ चरणको गरिने अनि पूर्वार्द्धको कार्यक्रम मास्टर मित्रसेन थापाको सालिग परिसरमा गरिने साथै उत्तरार्द्धको कार्यक्रम जीटीए मुख्य कार्यपाल अनित थापाको प्रमुख आतिथ्यमा सम्पन्न गरिने भएको छ भने उक्त कार्यक्रममा वरिष्ठ गायक इन्द्रजीत रिजाललाई ससम्मान मास्टर मित्रसेन थापा पुरस्कारद्वारा अलंकरण गरिने बताए। प्रेस भेलालाई सम्बोधन गर्दै उक्त दिन सम्पूर्ण भाषा, साहित्य, गीत संगीतप्रेमीलगायत सबै सबैलाई उपस्थित भइदिने निवेदन गरेका छन्।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ