पानीको पाइप जड़ान गर्दा व्यस्थित तरिकाले जड़ान गर्नु पर्ने सुझाउ

Share this news

खरसाङ,  (निसं)ः अहिले खरसाङ नगरपालिकाको कतिपय वार्डमा अमृत 2.0 परियोजना अन्तर्गत नगरवासीको घर-घरमा पानी पुऱ्याइनको निम्ति पाइप जड़ानको कार्य भइरहेको छ। पाइप जड़ानको कार्य नगरपालिकाको विभिन्न वार्डमा धमाधम भइरहेकोमा मानिसहरूले प्रशन्नता प्रकट गरिरहेका छन्‌‍ भने यसरी पानीको पाइप जड़ान गर्दा व्यस्थित तरिकाले जड़ान गर्नु पर्ने सुझाउ र कतिपय स्थानमा अव्यस्थित तरिकाले जड़ान भइरहेको गुनासोहरू पनि प्राप्त भइरहेको छ।

अमृत 2.0 परियोजनाको पाइप जड़ान गर्दा कतिपय स्थानमा नखनी बाटो माथिबाट लगिएको कतिपय स्थानमा नाली छोपेर लगिएको, कतिपय स्थानमा मानिसहरूको गेट अघिल्तिरबाट लगिएको गुनासो मानिसहरूको छ। वार्ड नम्बिर 8 का एक व्यक्तिले उक्त क्षेत्रमा अमृत 2.0 योजना अन्तर्गत पानीको पाइप जड़ानको कार्य भइरहेको तर पाइप जड़ानको कार्य व्यवस्थित तरिकाले नभएको हुनाले भविष्यमा यो परियोजना असफल हुन सक्ने बताएका छन्‌‍। तिनले आफ्नो क्षेत्रमा तीन इञ्चको पाइप जड़ान गर्ने कार्य भइरहेको, यसरी पाइप जड़ान गर्दा बाटो किनारबाट लगिएको, कतिपय स्थानमा कलभर्टमाथिबाटै लगिएको, कतिपय स्थानमा मानिसहरूको गेट अघिल्तिरबाट अर्घेलो प्रकारले लगिएको बताएका छन्‌‍।

अघिबाटै खरसाङ नगरपालिकाको शहरी क्षेत्र लगायत विभिन्न वार्डहरूमा नाली, कलभर्ट र झोड़ाहरूबाट लगिएको पाइपको बिटा एउटा समस्याको रुपमा रहेको छ। पाइपको बिटाको कारण नाली, कलभर्ट, झोड़ा थुनिएर वर्षाको भल सड़क र बाटोमा बग्ने समस्याको सामना खरसाङवासीले गरिसकेका छन्‌‍। अहिले जड़ान भइरहेको र आगामी दिनमा धेरै संख्यामा जड़ान गरिने अमृत 2.0 योजनाको पानीको पाइप पनि यस्तै अव्यवस्थित तरिकाले जड़ान गरिएको खण्डमा खरसाङ नगरपालिका क्षेत्रमा समस्या बढ़ेर जाने मानिसहरूको मत छ।


Share this news
आजको रोजाइ
सोमालियामा खडेरी र खाद्यान्न अभावले मानवीय संकट चुलिँदै

सोमालियामा खडेरी र खाद्यान्न अभावले मानवीय संकट चुलिँदै

हाम्रो गाउँ हाम्रो समाधान मार्फत स्ट्रिट लाइट लगाउने कार्य शुरु

हाम्रो गाउँ हाम्रो समाधान मार्फत स्ट्रिट लाइट लगाउने कार्य शुरु

परम्पराको धरोहरलाई नृत्यमार्फत उचाइ दिँदै कोमल गुरुङ

परम्पराको धरोहरलाई नृत्यमार्फत उचाइ दिँदै कोमल गुरुङ

२०२३-२०२४-को रहल बोनस कहिले पाउने ?

२०२३-२०२४-को रहल बोनस कहिले पाउने ?

जोगेन्द्र प्रसाद अनि पंकज गुप्तलाई सम्मान जनाइयो

जोगेन्द्र प्रसाद अनि पंकज गुप्तलाई सम्मान जनाइयो

ङ्भ्यू चियाबारीका श्रमिकहरूले गत तीन महिनादेखि दैनिक हाजिरा र वेतन दिइएको छैन

ङ्भ्यू चियाबारीका श्रमिकहरूले गत तीन महिनादेखि दैनिक हाजिरा र वेतन दिइएको छैन

पानीको पाइप जड़ान गर्दा व्यस्थित तरिकाले जड़ान गर्नु पर्ने सुझाउ

पानीको पाइप जड़ान गर्दा व्यस्थित तरिकाले जड़ान गर्नु पर्ने सुझाउ

कटलेरी रोडको पुल निर्माण कार्य आरम्भ

कटलेरी रोडको पुल निर्माण कार्य आरम्भ

स्प्रिङडेल एकाडेमीको वार्षिक पुरस्कार वितरण अनि सम्मान कार्यक्रम

स्प्रिङडेल एकाडेमीको वार्षिक पुरस्कार वितरण अनि सम्मान कार्यक्रम

दुधे-पानीघट्टा माझको सड़क जीर्ण अवस्थामा

दुधे-पानीघट्टा माझको सड़क जीर्ण अवस्थामा