पानीको पाइप जड़ान गर्दा व्यस्थित तरिकाले जड़ान गर्नु पर्ने सुझाउ

Share this news

खरसाङ,  (निसं)ः अहिले खरसाङ नगरपालिकाको कतिपय वार्डमा अमृत 2.0 परियोजना अन्तर्गत नगरवासीको घर-घरमा पानी पुऱ्याइनको निम्ति पाइप जड़ानको कार्य भइरहेको छ। पाइप जड़ानको कार्य नगरपालिकाको विभिन्न वार्डमा धमाधम भइरहेकोमा मानिसहरूले प्रशन्नता प्रकट गरिरहेका छन्‌‍ भने यसरी पानीको पाइप जड़ान गर्दा व्यस्थित तरिकाले जड़ान गर्नु पर्ने सुझाउ र कतिपय स्थानमा अव्यस्थित तरिकाले जड़ान भइरहेको गुनासोहरू पनि प्राप्त भइरहेको छ।

अमृत 2.0 परियोजनाको पाइप जड़ान गर्दा कतिपय स्थानमा नखनी बाटो माथिबाट लगिएको कतिपय स्थानमा नाली छोपेर लगिएको, कतिपय स्थानमा मानिसहरूको गेट अघिल्तिरबाट लगिएको गुनासो मानिसहरूको छ। वार्ड नम्बिर 8 का एक व्यक्तिले उक्त क्षेत्रमा अमृत 2.0 योजना अन्तर्गत पानीको पाइप जड़ानको कार्य भइरहेको तर पाइप जड़ानको कार्य व्यवस्थित तरिकाले नभएको हुनाले भविष्यमा यो परियोजना असफल हुन सक्ने बताएका छन्‌‍। तिनले आफ्नो क्षेत्रमा तीन इञ्चको पाइप जड़ान गर्ने कार्य भइरहेको, यसरी पाइप जड़ान गर्दा बाटो किनारबाट लगिएको, कतिपय स्थानमा कलभर्टमाथिबाटै लगिएको, कतिपय स्थानमा मानिसहरूको गेट अघिल्तिरबाट अर्घेलो प्रकारले लगिएको बताएका छन्‌‍।

अघिबाटै खरसाङ नगरपालिकाको शहरी क्षेत्र लगायत विभिन्न वार्डहरूमा नाली, कलभर्ट र झोड़ाहरूबाट लगिएको पाइपको बिटा एउटा समस्याको रुपमा रहेको छ। पाइपको बिटाको कारण नाली, कलभर्ट, झोड़ा थुनिएर वर्षाको भल सड़क र बाटोमा बग्ने समस्याको सामना खरसाङवासीले गरिसकेका छन्‌‍। अहिले जड़ान भइरहेको र आगामी दिनमा धेरै संख्यामा जड़ान गरिने अमृत 2.0 योजनाको पानीको पाइप पनि यस्तै अव्यवस्थित तरिकाले जड़ान गरिएको खण्डमा खरसाङ नगरपालिका क्षेत्रमा समस्या बढ़ेर जाने मानिसहरूको मत छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ