दुधे-पानीघट्टा माझको सड़क जीर्ण अवस्थामा

Share this news

पङ्खाबारी, (निसं)ः धेरै समयदेखि दुधे-पानीघट्टा माझको सड़क जीर्ण बनेपछि यहाँबाट यातायात गर्ने मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। विशेषगरी वर्खाको समयमा भत्किएको सड़कहरूको आजसम्म मर्मति नभएकोले पनि यस सडक भएर यातायात गर्ने गाड़ी-मोटर तथा मानिसहरूलाई धेर असुविधा भएको देखिएको छ। सड़कको अवस्था अहिले धेरै ठाउँहरूमा दयनीय बनेको छ। सडकमा ओछ्याइएका अलकत्राहरू उप्किएको छ भने केही ठाउँहरूमा भित्ताका पर्खालहरू पनि भत्किएका छन्‌‍ जसले गर्दा यस स्थानमा गाड़ी कुदाउन चालकहरूलाई निक्कै असुविधा हुन्छ।

गत 4 अक्टोबरमा आएको विनाशकारी पैह्रोले रोहिणी रोडलाई बन्द गरिदिएपछि अहिले यी सड़कहरू धेरै व्यस्त बनेको छ। त्यहीमाथि यो सडक भएर बागडोग्रा हावाई अड्डाबाट सोझै खरसाङ, दार्जीलिङ, मिरिक आदितिर जानको निम्ति अत्यन्तै सुविधा अनि छिटो भएकोले पनि यो सडक अतिनै व्यस्त छ। एकप्रकारले यो सड़क पहाड़ अनि तराइको एक जीवनरेखा नै बनेको छ। त्यसर्थ यस सड़कलाई अझ व्यवस्थित र सुन्दर ढङ्गले निर्माण गरिए यसबाट पहाड़ अनि तराइको मानिसहरू लगायत छिमेकी देश नेपालका समेत मानिसहरूले धेरै सुविधा र लाभ प्राप्त गर्न सक्ने थिए, कारण छिमेकी देश नेपाल पनि यसै मार्ग भएर जान मानिसहरूलाई निक्कै छिटो अनि सुविधा हुन्छ। यस दुधे-पानीघट्टा मार्गले मानिसहरूलाई यातायातमा मात्र नभएर व्यापार- वाणिज्यमा पनि धेरै सहयोग प्रदान गरेको छ। त्यसर्थ यसैलाई मध्यनजर राखेर पनि सम्बन्धित विभागले सड़कको चाडो मरम्मती गरिदिए मानिसहरूले सुविधा प्राप्त गर्न सक्ने थिए भन्ने भनाइ स्थानीयहरूको छ।


Share this news
आजको रोजाइ
सोमालियामा खडेरी र खाद्यान्न अभावले मानवीय संकट चुलिँदै

सोमालियामा खडेरी र खाद्यान्न अभावले मानवीय संकट चुलिँदै

हाम्रो गाउँ हाम्रो समाधान मार्फत स्ट्रिट लाइट लगाउने कार्य शुरु

हाम्रो गाउँ हाम्रो समाधान मार्फत स्ट्रिट लाइट लगाउने कार्य शुरु

परम्पराको धरोहरलाई नृत्यमार्फत उचाइ दिँदै कोमल गुरुङ

परम्पराको धरोहरलाई नृत्यमार्फत उचाइ दिँदै कोमल गुरुङ

२०२३-२०२४-को रहल बोनस कहिले पाउने ?

२०२३-२०२४-को रहल बोनस कहिले पाउने ?

जोगेन्द्र प्रसाद अनि पंकज गुप्तलाई सम्मान जनाइयो

जोगेन्द्र प्रसाद अनि पंकज गुप्तलाई सम्मान जनाइयो

ङ्भ्यू चियाबारीका श्रमिकहरूले गत तीन महिनादेखि दैनिक हाजिरा र वेतन दिइएको छैन

ङ्भ्यू चियाबारीका श्रमिकहरूले गत तीन महिनादेखि दैनिक हाजिरा र वेतन दिइएको छैन

पानीको पाइप जड़ान गर्दा व्यस्थित तरिकाले जड़ान गर्नु पर्ने सुझाउ

पानीको पाइप जड़ान गर्दा व्यस्थित तरिकाले जड़ान गर्नु पर्ने सुझाउ

कटलेरी रोडको पुल निर्माण कार्य आरम्भ

कटलेरी रोडको पुल निर्माण कार्य आरम्भ

स्प्रिङडेल एकाडेमीको वार्षिक पुरस्कार वितरण अनि सम्मान कार्यक्रम

स्प्रिङडेल एकाडेमीको वार्षिक पुरस्कार वितरण अनि सम्मान कार्यक्रम

दुधे-पानीघट्टा माझको सड़क जीर्ण अवस्थामा

दुधे-पानीघट्टा माझको सड़क जीर्ण अवस्थामा