कुचोको उत्पादन लगतार घट्दैछ

Share this news

खरसाङ,  (निसं)ः खरसाङमा कुचो थुत्ने समय हुन लागेको छ। खरसाङ्को तल्लो क्षेत्रमा यस समय कतिपय मानिसहरूले अग्रिम पसाएको कुचो थुतेको पनि बताएका छन्‌‍। तथापि यो वर्ष पनि कुचोको उत्पादन घटेको कुचो उत्पादकहरूले बताएका छन्‌‍। खरसाङ वरिपरिका गाउँ-बस्ती क्षेत्रमा प्रत्येक वर्षनै कुचोको उत्पादनमा कमी आइरहेको छ। वर्तमानमा गाउँ-बस्तीका कम मानिसहरूले अम्लिसोको खेती अथवा स्यार-सुसार गरिरहेका छन्‌‍ भने स्यार-सुसार गरिरहेका मानिसहरूले पनि विगतको तुलनामा कुचो उत्पादनमा कमी आएको बताएका छन्‌‍।

वर्तमानमा गाउँ-बस्ती क्षेत्रमा गाई पालन गर्न छोड़िएको छ। बाख्रा पालकहरूको संख्यामा पनि लगतार कमी आइरहेको छ। अघिको समयमा धेरै संख्यामा गाई पाल्ने गरेकाले गाउँ-बस्तीका मानिसहरूले ठूलो-ठूलो क्षेत्रमा अम्लिसो लगाउने गर्थे, अम्लिसो बारीको स्यार-सुसार गर्ने गर्थे। गाईलाई घाँस काट्न पर्ने हुनाले त्यसै पनि वर्षाकालमा अम्लिसो बारीको स्यार-सुसार हुने गरेको थियो। कुचो थुतेपछि हिउँदोको मौसममा गाई पालकहरूले अम्लिसोको घाँस गाईलाई खुवाउने गर्थे। वर्तमानमा मानिसहरूले गाई पालन गर्न छोड़ेपछि अम्लिसोको खेती पनि गर्न छोड़ेका छन्‌‍।

गाउँ-बस्तीका मानिसहरूको एउटा राम्रो आय श्रोतको रुपमा रहेको कुचोको उत्पादनमा यसरी कमी आएपछि वर्तमानमा क्षेत्रको अर्थतन्त्रमा पनि केही प्रभाव परेको कतिपय मानिसहरूको बताएका छन्‌‍। कुचोको निम्ति पहाड़मा कुनै उद्योग स्थापना नहुने कुचो उत्पादन गरे कम दाममा व्यापारीहरूलाई बिक्री गर्न परेकोले पनि कुचो उत्पादन गर्नेहरूमा निराशा छाएको हो भन्ने पनि कतिपयको मत छ। कुचो उत्पादनमा गाउँण-बस्तीका मानिसहरूलाई सरकारद्वारा सहयोग प्रदान गरेर पुनः आकर्षित गर्न सकिएको खण्डमा पहाड़को एउटा आर्थिक श्रोतको संरक्षण गर्न सकिने थियो भन्ने केही मानिसहरूको मत छ।

Share this news
आजको रोजाइ
चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

आजको रोजाइ