स्वागत अनि बिदाइ बीटी महाविद्यालय

Share this news

दार्जीलिङ,24 दिसम्बर(निसं) :दार्जीलिङ बीटी महाविद्यालयमा स्वागत अनि बिदाइ कार्यक्रम दुई चरणमा भव्यतासाथ सम्पन्न भयो। कार्यक्रममा महाविद्यालयको प्रमुख शिक्षण प्रभारी लोचन थापा, प्रा. श्रीवर्ण मोण्डल, प्रा. खिरण सूबा , प्रा. डा. मौसुमी सरकार, प्रा. भूपाल सिंगौरे, प्रा. बन्दना गुरुङ, प्रा. सलोनी मोक्तान, प्रा. प्रियङ्का गुप्त अनि अशिक्षण कर्मचारीहरूसहित पहिलो, तेस्रो अनि चौथो सत्रका प्रशिक्षार्थीहरू उपस्थित थिए भनी महाविद्यालयले जानकारी गराएकोछ।महाविद्यालयको जानकारी अनुसार,
कार्यक्रमको आरम्भमा सबै अतिथिहरूलाई खर्दाअर्पण गरिसके पश्चात्  महाविद्यालयको शिक्षण प्रभारी लोचन थापा, प्रा. खिरण सुवा, प्रा. मौसमी सरकार, प्रा. भूपाल सिंगौरेका बहुलीद्वारा सरस्वती माताको तस्बिरमा माला लगाएर दीपप्रज्जलन गरे । यसपछि स्वागत भाषण प्रशिक्षार्थी आश्ना जोशीले प्रस्तुत गरे। त्यसपछि क्रमैले नृत्य, गीत, कविताहरू प्रशिक्षार्थीहरूद्वारा प्रस्तुत गरेका थिए भने कार्यक्रमको बीचबीचमा पहिलो सत्रका प्रशिक्षार्थीहरूलाई स्वागत गरे। यसै चरणको कार्यक्रममा स्वागत अनि बिदाइ कार्यक्रमको महत्त्वबारे प्रशिक्षार्थीहरूलाई सन्देशमूलक व्यक्तव्य शिक्षण प्रभारी लोचन थापा, प्रा. श्रीवर्ण मोण्डल, प्रा. खिरण सूबा, प्रा. डा. मौसुमी सरकारले दिएका थिए। दोस्रो चरणको कार्यक्रममा प्रशिक्षार्थीहरूद्वारा नृत्य, गीत, कविता आदि विविध कलाहरू प्रस्तुत गरेका थिए भने बिदाइ भएर जाने प्रशिक्षार्थीहरूलाई  खदासहित स्मृति चिन्ह प्रदान गरेका थिए। कार्यक्रमको अन्तमा नितेश राईद्वारा धन्यवाद प्रदानको सम्बोधन राखेका थिए। पहिलो चरणमा प्रशिक्षार्थी मनोदिव्या देवान र दोस्रो चरणमा प्रशिक्षार्थीद्वय सौरभ तामाङ र सुभासिनी शर्माद्वारा कार्यक्रम सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ