इण्डियन गोर्खा जनशक्ति फ्रण्टको दोस्रो स्थापना दिवस

Share this news

दार्जीलिङ,24 दिसम्बर(निसं): मलाई गोर्खाल्याण्ड प्राप्तिको निम्ति संघर्ष गर्ने उर्जा प्राप्त भएको छ भनी इण्डियन गोर्खा जन शक्ति फ्रण्टको स्थापना दिवसको अवसरमा सभासद तथा फ्रण्ट युवा नेता जितेन राई भनेका छन्। उनले भनेका छन्, झोडाबाट गोर्खाल्याण्ड भनेर हुदैन, मैले गत 18 वर्षको उमेरदेखि गोर्खाल्याण्ड प्राप्तिको संघर्षमा लागि परेको छु।तर आज मलाई इण्डियन गोर्खा जन शक्ति फ्रण्टको स्थापना दिवसको अवसरमा गोर्खाल्याण्डको निम्ति अझ केही गर्न पर्छ भन्ने अन्तरात्माबाट उर्जा प्राप्त भई रहेको छ।पहाड तराई डुवर्स तथा देशको विभिन्न राज्यहरूमा इण्डियन गोर्खा जन शक्ति फ्रण्ट-को गठन साथै विस्तार तीव्र गतिमा भईरहेको छ। पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा म सबै पार्टी कार्यकर्ता साथै समर्थक अनि समस्त जन मानिसहरूपति शुभकामना अनि बधाई  व्यक्त गर्छु।इण्डियन गोर्खा जन शक्ति फ्रण्टको जन्म जातीय हितको निम्ति भएको हो।पहाड तराई डुवर्स तथा समस्त गोर्खा जातिको निम्ति अहिले एक दह्रो  राजनैतिक पार्टीको खाँचो छ।एक इमान्दार नेताको खाँचो छ।पहाड तराई डुवर्सको साथै गोर्खा जातिको सांस्कृतिक,भाषिक,शैक्षिक तथा आर्थिक धरातल फुस्की सकेको छ।हामी गोर्खा जातिको अवस्था सोचनीय स्थितिमा पुगिसकेको छ।पहाड भष्ट्रचारमा चुर्लुम्म डुबी सकेको छ।पहाड तराई डुवर्स तथा गोर्खा जातिलाई सुरक्षा प्रदान गर्न इण्डियन गोर्खा जन शक्ति फ्रण्टको गठन भएको हो।हामीलाई भोलि आउने हाम्रो भावी सन्तानको चिन्ता छ,उनीहरूको भविष्यदेखि हामी धेरै चिन्तित छौ।नोरा सुब्बा मेरो विधार्थी हो तर विडम्बना यस्तो छ पहाड तराई डुवर्स तथा गोर्खा जातिको सुरक्षाको निम्ति आज गुरू शिष्या एकै मञ्चमा बसेर संघर्ष गर्न परिरहेको छ।हाम्रो उन्मुक्तिको कथा र व्यथा जो छ,त्यसलाई आजसम्म टुङ्गोमा पूराउन सकेका छैनौं।दार्जीलिङको सुमेरू मञ्च,कालेबुङको डम्बर चोकदेखि लिएर दिल्लीसम्म 18 वर्षदेखि संघर्ष गर्दै आएको हो।सबैको मुटुको पानामा बसेको अलग राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति भाषण दिँदै आएको हो तर इण्डियन गोर्खा जन शक्ति फ्रण्टको दोस्रो स्थापना दिवसको अवसरमा मेरो अन्तरात्मादेखि एक प्रकारको उर्जा प्राप्त भएको आभाष गर्दैछु।झोडामा गोर्खाल्याण्ड भनेर हुँदैन,दार्जीलिङको मुटुबाट हामी जय गोर्खा जय गोर्खाल्याण्डको नारा लगाउदैछौ।हामी गोर्खाल्याण्डको नारा उच्चारण नगरी बस्न सक्दैनौ,अलग राज्य गोर्खाल्याण्डको संघर्षमा दाजुको छातीमा गोली लागेको छ।ओप्रेशन गरेर बुलेट निस्कियो तर बुलेट निकाल्दा घाउ भएको छातीमा आज पनि सिलाएको दाग आलै छ।गत 2017 मा मेरो छिमेकी भाइको खुट्टामा गोली लागेको थियो,हिजो मात्र मैले मेरो छिमेकी भाइलाई सोधेको थिए,भाइ गोली लागेको तिम्रो खुट्टा कस्तो छ भनेर सोधेको थिए भाइले भन्दै थिए दाजु गोली लागेको खुट्टा निको त भयो तर आज पनि मेरो खुट्टामा बारूद गनाउँछ।गोर्खाल्याण्डको संघर्षमा मेरो दाजु भाइ,दिदी बहिनीहरू पुलिसको कुटाईले घाइते भएका थिए।आज पनि ठण्डा हुँदा उनीहरूलाई धेरै पिडा हुन्छ। इण्डियन गोर्खा जन शक्ति फ्रण्टले गोर्खा जातिको मुद्दासंँग कुनै पनि अवस्थामा सम्झौता गर्ने छैन।जातीय मुद्दाप्रति आईजीजेएफलाई कसैले शंका नगर्दा पनि हुन्छ।गोर्खाल्याण्ड असम्भाव छैन,अवश्यै हुनेछ तपाई हामीले देखेको गोर्खाल्याण्ड,विगतको हाम्रो नेताहरूले इमान्दारिताको साथ गोर्खाल्याण्ड माग्न नसक्दा अलग राज्य गोर्खाल्याण्ड नभएको हो।नेतामा त्याग,बलिदान र इमान्दारिता छ भने गोर्खाल्याण्ड असम्भव छैन।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ