The energy to fight for Gorkhaland has been gained: Jiten Rai
The energy to fight for Gorkhaland has been gained: Jiten Rai

गोर्खाल्याण्ड प्राप्तिको संघर्ष गर्ने उर्जा प्राप्त भएको छ: जितेन राई

Share this news

इण्डियन गोर्खा जन शक्ति फ्रण्ट केन्द्रीय कमिटिका कार्यकारिणी सदस्य जितेन राईले
आफूलाई गोर्खाल्याण्ड प्राप्तिको निम्ति संघर्ष गर्ने उर्जा आज प्राप्त भएको बताएका छन्।
उऩले झोडाबाट गोर्खाल्याण्ड भनेर हुँदैन भन्दै आफूले विगत 18 बर्षको उमेरदेखि गोर्खाल्याण्ड प्राप्तिको संघर्षमा लागि परेको बताए। तर आज इण्डियन गोर्खा जन शक्ति फ्रण्टको स्थापना दिवसको अवसरमा गोर्खाल्याण्डको निम्ति अझ केही गर्न पर्छ भन्ने अन्तरात्माबाट उर्जा प्राप्त भइरहेको राईले बताए। पहाड तराई डुवर्स तथा देशको विभिन्न राज्यहरूमा इण्डियन गोर्खा जन शक्ति फ्रण्टको गठन साथै विस्तार तीब्र गतिमा भइरहेको छ। उनले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा सबै पार्टी कार्यकर्ता साथै समर्थक अनि समस्त जन मानसहरूपति शुभकामना अनि वधाई ब्यक्त गरे। इण्डियन गोर्खा जन शक्ति फ्रण्टको जन्म जातीय हितको निम्ति भएको हो। पहाड तराई डुवर्स तथा समस्त गोर्खा जातिको निम्ति अहिले एक दह्रिलो राजनैतिक पार्टीको खाँचो छ। एक इमान्दार नेताको खाँचो छ। पहाड तराई डुवर्सको साथै गोर्खा जातिको सांस्कृतिक,भाषिक, शैक्षिक तथा आर्थिक धरातल फुस्किसकेको छ। हामी गोर्खा जातिको अवस्था सोचनीय स्थितिमा पुगिसकेको छ। पहाड भष्ट्रचारमा चुर्लुम्म डुबी सकेको छ। पहाड तराई डुवर्स तथा गोर्खा जातिलाई सुरक्षा प्रदान गर्न इण्डियन गोर्खा जन शक्ति फ्रण्टको गठन भएको हो। उनले आफूहरूलाई भोलि आउने हाम्रो भावी सन्तानको चिन्ता छ, उनीहरूको भविष्यदेखि धेरै चिन्तित रहेको बताए। नोरा सुब्बा मेरी विद्यार्थी हो, तर विडम्बना यस्तो छ पहाड तराई डुवर्स तथा गोर्खा जातिको सुरक्षाको निम्ति आज गुरू शिष्या एकै मंचमा बसेर संघर्ष गर्न परिरहेको छ। हाम्रो उन्मुक्तिको कथा र व्यथा जो छ, त्यसलाई आजसम्म टुङ्गोमा पुराउन सकेका छैनौं। दार्जीलिङको सुमेरू मंच, कालेबुङको डम्बर चोकदेखि लिएर दिल्लीसम्म 18 बर्षदेखि संघर्ष गर्दै आएको हो। तपाई हाम्रो मुटुको पानामा बसेको अलग राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति भाषण दिँदै आएको हो तर इण्डियन गोर्खा जन शक्ति फ्रण्टको दोस्रो स्थापना दिवसको अवसरमा मेरो अन्तरात्मादेखि एक प्रकारको उर्जा प्राप्त भएको आभाष गर्दैछु। झोडामा गोर्खाल्याण्ड भनेर हुँदैन, दार्जीलिङको मुटुबाट हामी जय गोर्खा जय गोर्खाल्याण्डको नारा लगाउँदैछौं।हामी गोर्खाल्याण्डको नारा उच्चारण नगरी बस्न सक्दैनौं, अलग राज्य गोर्खाल्याण्डको संघर्षमा दाजुको छातीमा गोली लागेको छ।ओप्रेशन गरेर बुलेट निस्कियो तर बुलेट निकाल्दा घाउ भएको छातीमा आज पनि सिलाएको दाग आलै छ।गत 2017 मा मेरो छिमेकी भाइको खुट्टामा गोली लागेको थियो, हिज मात्र उनले आफ्नो छिमेकी भाइलाई, गोली लागेको तिम्रो खुट्टा कस्तो छ भनेर सोधेका थिए। ती भाइले भन्दै थिए दाजु गोली लागेको खुट्टा निको त भयो। तर आज पनि मेरो खुट्टामा बारूद गनाउँछ। गोर्खाल्याण्डको संघर्षमा मेरो दाजु भाइ, दिदी बहिनीहरू पुलिसको कुटाइले घाइते भएका थिए। आज पनि चिसो लाग्दा उनीहरूलाई धेरै पीडा हुन्छ। इण्डियन गोर्खा जन शक्ति फ्रण्टले गोर्खा जातिको मुद्दासंग कुनै पनि अवस्थामा सम्झौता गर्ने छैन। जातीय मुद्दाप्रति आइजीजेएफ लाई कसैले शंका नगर्दा पनि हुन्छ। गोर्खाल्याण्ड असम्भव छैन, अवश्यै हुनेछ तपाईं हामीले देखेको गोर्खाल्याण्ड, विगतको हाम्रो नेताहरूले इमान्दारिताको साथ गोर्खाल्याण्ड माग्न नसक्दा अलग राज्य गोर्खाल्याण्ड नभएको हो। नेतामा त्याग, बलिदान र इमान्दारिता छ भने गोर्खाल्याण्ड असम्भव नभएको जितेन राईले बताए।।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ