राजगञ्जको फाटापुकुरस्थित शारदामणि उच्च विद्यालयमा सोमबार माता शारदाको १७३औँ जन्मजयन्ती श्रद्धा र भक्तिभावका साथ मनाइएको थियो। कार्यक्रमको सुरुआत राजगञ्जका विधायक खगेश्वर रोयले माता शारदाको प्रतिमामा पुष्प अर्पण तथा माल्यार्पण गर्दै गरेका थिए। कार्यक्रममा ब्लक विकास अधिकारी प्रशान्त बर्मन, विद्यालयका प्रधानाध्यापक डा. सुमन्त बाग्ची, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक–शिक्षिकाहरू तथा स्थानीय विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा विद्यालयका संस्थापक स्वामी निर्वेदानन्द महाराजको नव–निर्मित प्रतिमाको औपचारिक उद्घाटनसमेत गरिएको थियो। दीप प्रज्वलनसँगै दिनभरि सञ्चालन हुने कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रमअन्तर्गत माता शारदाको जीवन दर्शन र आदर्शमाथि विचार गोष्ठी, प्रार्थना सभा तथा विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका थिए। सहभागीहरूले माता शारदाको शिक्षाबाट प्रेरणा लिएर समाजमा नैतिकता र सेवाभाव फैलाउनुपर्नेमा जोड दिएका थिए।











