फाटापुकुरको शारदामणि उविमा माता शारदाको १७३औँ जयन्ती

Share this news

राजगञ्जको फाटापुकुरस्थित शारदामणि उच्च विद्यालयमा सोमबार माता शारदाको १७३औँ जन्मजयन्ती श्रद्धा र भक्तिभावका साथ मनाइएको थियो। कार्यक्रमको सुरुआत राजगञ्जका विधायक खगेश्वर रोयले माता शारदाको प्रतिमामा पुष्प अर्पण तथा माल्यार्पण गर्दै गरेका थिए। कार्यक्रममा ब्लक विकास अधिकारी प्रशान्त बर्मन, विद्यालयका प्रधानाध्यापक डा. सुमन्त बाग्ची, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक–शिक्षिकाहरू तथा स्थानीय विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा विद्यालयका संस्थापक स्वामी निर्वेदानन्द महाराजको नव–निर्मित प्रतिमाको औपचारिक उद्घाटनसमेत गरिएको थियो। दीप प्रज्वलनसँगै दिनभरि सञ्चालन हुने कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रमअन्तर्गत माता शारदाको जीवन दर्शन र आदर्शमाथि विचार गोष्ठी, प्रार्थना सभा तथा विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका थिए। सहभागीहरूले माता शारदाको शिक्षाबाट प्रेरणा लिएर समाजमा नैतिकता र सेवाभाव फैलाउनुपर्नेमा जोड दिएका थिए।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ