सरिफ ओस्मान हादीको हत्यापछि बंगलादेशमा बढ्दो अशान्ति

Share this news

बंगलादेशका युवा राजनीतिक नेता सरिफ ओस्मान हादीको हत्यापछि देशको राजनीतिक अवस्था गम्भीर रूपमा अस्थिर बनेको छ। विद्यार्थी आन्दोलनबाट उदाएका हादीको हत्या भएपछि राजधानी ढाकासहित विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन र तनाव फैलिएको छ।

गत १२ डिसेम्बरमा ढाकामा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले हादीमाथि गोली प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई सुरुमा ढाकाको अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि थप उपचारका लागि सिंगापुर लगिएको थियो। तर, सिंगापुरको एक अस्पतालमा उपचारकै क्रममा बिहीबार राति उनको मृत्यु भयो। हादीको मृत्यु पछि आक्रोशित समर्थक तथा आन्दोलनकारीहरूले सरकारले सुरक्षा प्रदान गर्न असफल भएको आरोप लगाउँदै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्। घटनापछि विभिन्न ठाउँमा आगजनी र तोडफोडसमेत भएको छ, जसले चुनावी तयारीमा रहेको बंगलादेशको राजनीतिक वातावरण थप तातिएको छ।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ