We will not tolerate BJP's interference and political propaganda: Ruden

भाजपाको दखलबन्दी र राजनैतिक प्रोपोगेन्डा सहनेछैनौंः रूदेन

Share this news

कालेबुङका एकमात्र बीजेपीएम विधायक रूदेन सादा लेप्चाले एक प्रेस विज्ञप्ति जारी गरेका छन्, जसमा, विशेष जानकारीमा यो आइरहेको छ कि विभिन्न ठाउँमा PMGSY को NQM (National quality monitor ) अर्थात् PMGSY को सामान्य क्वालिटी जाँच गर्ने प्रक्रिया हो जुन चलिरहेको उल्लेख गरेका छन्। यो एउटा सामान्य प्रक्रिया हो।National Quality Monitor (NQM) अनि State Quality monitor (SQM) टोली आएर निरीक्षण गरी पिटहरू खनेर गुणस्तरको चेकजाँच, मटिरियलको गुणस्तरको जाँच गर्ने गर्छ। तर उक्त एनक्युम जाँच प्रक्रिया अवधि भाजपाका कतिपय नेतृत्वगण तथा कार्यकर्ताहरू आएर दखल दिइरहेको जानकारीमा आएको छ। यो लिगल अथवा प्रक्रिया अनुरुप होइन। यदि त्यस्तो हो भने स्थानीय ग्रामका पञ्चायत प्रधान, सदस्य, समिति सदस्य कसैलाई पनि खबर नगरीकन भाजपाका स्थानीय नेतृत्व तथा कार्यकर्ताहरू त्यस एनक्युम जाँच प्रक्रियामा सामेल हुनुको पछाडिको उदेश्य के हो ? उनीहरूले यसमा के कानुनी अथवा विभागीय महत्व राख्छ ? त्यो स्पष्ट गर्नुपर्छ। यो एउटा राजनैतिक विषय बनेर जान्नमा आइरहेकोले गर्दा सम्पूर्ण गाउँभरिका हाम्रा पार्टीका नेतृत्व तथा कार्यकर्ताहरूलाई यो अवगत गराउन चहान्छु कि उक्त भिजिटहरूमा यदि भाजपाको सदस्यहरू छ भने हाम्रो पार्टीको सदस्यहरूपनि त्यतिकै उपस्थिति दिएर उक्त कामकुराहरूको चेकजाँच गर्न अनुरोध गर्दछु। ग्राम पञ्चायत प्रधान अथवा सांसद महोदय आफै उपस्थित रहेर उक्त NQM जाँचमा रहन्छन् भने त्यो उहाँहरूको जिम्मेवारी हो। तर कुनै राजनैतिक दलकाहरू आएर, विशेषगरी भाजपाकाहरू आएर दखलबन्दी गर्दै राजनैतिक प्रोपोगेन्डा गर्दैछ भने त्यो सहनयोग्य हुने छैन। यदि त्यस्तो भइरहेको छ भने हाम्रा पार्टीकाहरू पनि विभिन्न ठाउँमा उत्रेर उक्त कार्वाहीको जवाफ दिन आह्वान गर्दछु। भाजपाको कार्यकर्ताहरू एनक्युएम टोलीको जँचमा रहन्छन् भने हाम्रो पार्टीको सदस्यहरूपनि रहनुपर्छ।जाँचमा भापजा सम्मिलित हुनु यो उचित कदम होइन। भाजपा चैँ त्यो कामको जाँच गर्ने को हो? भाजपासँग के अथिटिरी छ ?
NQM एउटा सामान्य प्रक्रिया हो। तर यसमा एउटा विशेष राजनैतिक दल भाजपाका सदस्स्यहरू मात्रै सम्मिलित किन हुदैछ? हो सांसद सम्मिलित हुनैसक्छ किनभने उ जनप्रतिनिधि हो।तर उक्त ग्राम पञ्चायतका प्रधान,जीटीएका सभासद,क्षेत्रीय पञ्चायत समिति सभापति तथा सदस्यहरूलाई खबर गरिएको छ त? भाजपाका नेतृत्व तथा कार्यकर्ताहरू चैँ को हुन्?उनीहरू किन यसमा सम्मिलित हुदैछन् त?यदि यस्तै हो भने जुन ठाउँहरूमा NQM टोलीको जाँच चलिरहेको छ जहाँ भाजपाको नेतृत्व,कार्यकर्ताहरू रहन्छन् त्यहाँ हाम्रो भागोप्रमोको पार्टी नेतृत्व तथा कार्यकर्ताहरूपनि रहन सक्छन्। यदि यसो भएको खण्डमा अथवा कुनै तनाव भएको खण्डमा भाजपाकाहरू स्वयं जिम्मेवार रहनेछन्।
तपाईंहरूलाई यो पनि ज्ञात रहोस् कि PMGSY योजना पूर्णरूपले केन्द्रको राशिले मात्रै बनिन्दैन, राज्यले पनि त्यति नै राशि लगाउँछ जति केन्द्रले लगाउँछ। त्यसपछि अगाडि बाटोलाई सुधार्ने, मर्मति गर्ने जिम्मा राज्यको रहन्छ। त्यसो हो भने जति सांसदले हक राख्छ त्यति नै ग्राम पञ्चायतका प्रधान, विधायक, जीटीएका सभासद, पञ्चायत समितिको सदस्य अथवा उनीहरूका प्रतिनिधिहरू हुनुपर्छ न कि कुनै दलको।


Share this news
आजको रोजाइ
गोर्खाल्याण्ड प्राप्तिको संघर्ष गर्ने उर्जा प्राप्त भएको छ: जितेन राई

गोर्खाल्याण्ड प्राप्तिको संघर्ष गर्ने उर्जा प्राप्त भएको छ: जितेन राई

फाटापुकुरको शारदामणि उविमा माता शारदाको १७३औँ जयन्ती

फाटापुकुरको शारदामणि उविमा माता शारदाको १७३औँ जयन्ती

सरिफ ओस्मान हादीको हत्यापछि बंगलादेशमा बढ्दो अशान्ति

सरिफ ओस्मान हादीको हत्यापछि बंगलादेशमा बढ्दो अशान्ति

सिलगढी-दार्जीलिङ ट्याक्सी विवाद चर्कियो, यात्रुहरू पर्ने मर्कामा

सिलगढी-दार्जीलिङ ट्याक्सी विवाद चर्कियो, यात्रुहरू पर्ने मर्कामा

पाँच ‘ज’ र एक ‘जाँगर’ले बनेका किसान

पाँच ‘ज’ र एक ‘जाँगर’ले बनेका किसान

युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध

युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध

विद्याज्योति अकादमी बिजनबारीको स्थापना दिवस भव्य पालन

विद्याज्योति अकादमी बिजनबारीको स्थापना दिवस भव्य पालन

भाजपाको दखलबन्दी र राजनैतिक प्रोपोगेन्डा सहनेछैनौंः रूदेन

भाजपाको दखलबन्दी र राजनैतिक प्रोपोगेन्डा सहनेछैनौंः रूदेन

कुन हिडन एजेण्डाले 313 शिक्षकहरूको नोकरी खायो ?

कुन हिडन एजेण्डाले 313 शिक्षकहरूको नोकरी खायो ?

विशप स्टेफन लेप्चको 73औं जन्मदिनमा मुख्यमन्त्री गोलेको उपस्थिति 

विशप स्टेफन लेप्चको 73औं जन्मदिनमा मुख्यमन्त्री गोलेको उपस्थिति 

आजको रोजाइ