विशप स्टेफन लेप्चको 73औं जन्मदिनमा मुख्यमन्त्री गोलेको उपस्थिति 

Share this news

दार्जीलिङ, 23 दिसम्बर(निसं): रोमन क्याथोलिक दार्जीलिङ-सिक्किम डायसिस प्रमुख तथा दार्जीलिङ पहाडका एक वरिष्ठ इसाई धार्मिक अध्यक्ष विशप स्टेफेन लेप्चा को 73औँ जन्मदिन समारोहमा सहभागिता दर्शाउँदै छिमेकी राज्य सिक्किमका मुख्यमन्त्री पीएस गोले उपस्थित भएका थिए।

छिमेकी राज्य सिक्किमका मुख्यमन्त्रीको उपस्थितिमा आयोजना गरिएको यस जन्मदिन समारोहमा दार्जीलिङ, सिक्किम,कालेबुङ लगायत अन्य विभिन्न स्थानका इसाई धर्मगुरु साथै अनुयायीहरू उपस्थित थिए। दार्जीलिङ शहरबीचको विशप हाउस प्राङ्गणमा भएको यस विशप स्टेफन लेप्चाको 73औ जन्म दिनको भव्य कार्यक्रममा उपस्थित प्रमुख अतिथि मुख्यमन्त्री पीएस गोले अनि अन्यको साथमा विशप स्टेफेन लेप्चाले जन्मदिनको केक काटे अनि उनले सम्पूर्ण उपस्थित अतिथिगण साथै धर्मगुरु अनुयायीहरूलाई आशीर्वाद प्रदान गरे। यस अवसरमा सिक्किम राज्यका मुख्यमन्त्री पीएस गोलेले 73 वर्ष पुगेका विशप लेप्चालाई बधाई अनि शुभकामना दिँदै आगामी दिनहरुमा पनि अझ धार्मिक क्षेत्रबाट जनसेवा साथै शिक्षादान गर्ने अनुरोध गरे।

मुख्यमन्त्री गोलेको उपस्थितिलाई अति नै सौभाग्य ठान्दै 72 वर्ष पुगेका विश्व स्टेफन लेप्चाले प्रमुख अतिथि मुख्यमन्त्री पीएस गोलेलाई उपस्थितिको निम्ति धन्यवाद साथै आगामी दिनहरूमा अझ सफलता अनि प्रगति गर्नको निम्ति आशिर्वाद प्रदान गरे। कार्यक्रममा विभिन्न प्रकारका क्यारल भजनहरू प्रस्तुत गरियो भने उनको यस उपस्थितिलाई स्वागत गर्न विश्व हाउस प्राङ्गणमा दार्जीलिङ पुलिस ब्याण्डको उपस्थिति थियो, दार्जीलिङ पुलिसद्वारा पनि मुख्यमन्त्री पीएस गोलेलाई स्वागत जनाए। फादर माइकल सिंहले मुख्यमन्त्री पीएस गोलेको उपस्थितिलाई हर्ष व्यक्त गर्दै मुख्यमन्त्री गोले साथै उनको टोलीलाई धन्यवाद दिए। उनले पनि विशप लेप्चाको जन्मदिनलाई एउटा ऐतिहासिक क्षन् भएको अनुभव व्यक्त गरे।

बिजनबारी कङ्केबुङ निवासी मृगौला रोगी इसाई सदस्यलाई मुख्यमन्त्री गोलेद्वारा सहयोग पाएर निको भएकोमा उनले मुख्यमन्त्री गोलेलाई यसै मञ्चमा अश्रुपूर्ण धन्यवाद दिए।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ