Springdale Academy's Annual Awards and Honors Program
Springdale Academy's Annual Awards and Honors Program

स्प्रिङडेल एकाडेमीको वार्षिक पुरस्कार वितरण र सम्मान कार्यक्रम

Share this news

तीनधारे महानदी समष्टिको सिविटार चियाबारीमा रहेको स्प्रिङडेल एकाडेमीको वार्षिक पुरस्कार वितरण समारोह साथै सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता स्कूलका प्राचार्य शरणकुमार राईले गरेका थिए भने प्रमुख अतिथिको रुपमा पूर्व प्रधान अध्यापक, पूर्व पञ्चायत प्रधान एवं महानदी सिविटार वरिष्ठ नागरिक कल्याण समाजको मुख्य सल्लाहकार जुध्द शमशेर छेत्री उपस्थित रहेका थिए। शिक्षिकाद्वय ईशा राई र सुनिति घिसिङले सञ्चालन गरेको कार्यक्रममा स्कूलको वार्षिक प्रतिवेदन र विवरण प्राचार्य शरणकुमार राईले राखेका थिए। कार्यक्रममा विद्यार्थीहरुले सामुहिक गीतहरु प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा स्कूलका प्रि नर्सरीदेखि चौथो श्रेणीसम्मका विद्यार्थीहरुलाई शैक्षिक सत्र 2025 को वार्षिक परीक्षाको‌ परिणाम र पारितोषिकहरु वितरण गरियो। उक्त वितरण कार्यक्रमको विशिष्ठ अतिथिहरु क्रमैले वरिष्ठ नागरिकहरु शमशेर छेत्री, जगनाथ छेत्री, दुर्गाप्रसाद तामाङ र पूर्व शिक्षक हनोक थापा र पूर्व शिक्षिका अमृता राईको बाहुलीबाट गरिएको थियो। यसको साथै विभिन्न प्रतियोगितामूलक कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई पनि पारितोषिक वितरण गरिएको थियो। यसै क्रममा स्कूलमा वर्षभरि नियमित स्कूल आउने विद्यार्थी अभियोग राईलाई पनि पुरस्कृत गरिएको थियो। यसको साथै चौथो श्रेणीबाट पास आउट भएर गएका तीनजना विद्यार्थीहरु क्रमैले सुमन छेत्री, संस्कृति छेत्री र अनिकेत छेत्रीलाई सम्मान पत्र प्रदान गरेर सम्मानसहित बिदाई दिइएको थियो। यसै कार्यक्रममा स्प्रिङडेल एकाडेमीको पूर्व शिक्षिका अमृता राई, पूर्व शिक्षकद्वय असीत राई र हनोक थापालाई सम्मान पत्र र शल‌ ओढाएर सम्मान जनाइएको छ। कार्यक्रममा उपस्थित प्रमुख अतिथि र विशिष्ट अतिथिहरुलाई पनि स्कूलको पक्षबाट सम्मान जनाइएको थियो। यस वार्षिक कार्यक्रम र सम्मान कार्यक्रम विषयमा एकाडेमीको प्राचार्य शरणकुमार राईले विस्तृत रुपमा जानकारी गराएका थिए।

Share this news
आजको रोजाइ
रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आजको रोजाइ