एनएच 110 मजदुर तथा कामदार संघ गठन

Share this news

खरसाङ, (निसं): खरसाङको गिद्धापहाड सामुदायिक भवनमा एनएचआईडीसीएल अन्तर्गत एनएच 110 मा भइरहेको तथा हुने निर्माण कार्यमा स्थानीय मजदुर, कामदार, चालक, सुपरभाइजर लगायत सबै श्रमिकहरूको अनिवार्य सहभागिताबारे विस्तृत छलफलसहित बैठक सम्पन्न भयो। बैठकमा एनएच 110 क्षेत्रका श्रमिक तथा कामदारहरूको रोजगारी र जीविकोपार्जनको वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरियो र स्थानीय श्रमशक्तिलाई प्राथमिकता दिनु अत्यावश्यक रहेकोमा जोर दिइयो।

यसअघि एनएचआईडीसीएलका कार्यकारी निर्देशकसँग भेटघाट गरी एनएच 110 मा निर्भर हजारैाँं कुशल तथा अकुशल श्रमिक, मालवाहक चालक आदिको अवस्थाबारे पुनः स्मरण गराइएको जानकारी पनि बैठकमा राखियो। बैठकको क्रममा आजै “एनएच 110 मजदुर तथा कामदार संघ” गठन गरियो। उक्त संघको मुख्य संयोजकमा सन्तकिशोर गुरुङ चयन भएका छन्‌‍ भने कानुनी सल्लाहकारका रूपमा अधिवक्ता बन्दना राई नियुक्त भएका छन्‌‍।

संघका मुख्य संयोजक शन्तकिशोर गुरुङले एनएच 110 मा निर्भर सम्पूर्ण मजदुर, कामदार, चालक तथा सम्बन्धित सबैलाई संघमा आबद्ध भई एकताबद्ध रूपमा आफ्ना हकअधिकार र रोजगारीको सुरक्षाका लागि अघि बढ्न अपिल गरेका छन्‌‍। संघले आगामी दिनमा सम्बन्धित निकायसँग समन्वय गर्दै स्थानीय श्रमिकको सहभागिता सुनिश्चित गराउने दिशामा सशक्त पहल गर्ने निर्णयसमेत गरेको छ।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ